Breaking News
कथनी र करनी हात्तीको दाँत भएको मुलुक:- संदीप गिरी

कथनी र करनी हात्तीको दाँत भएको मुलुक:- संदीप गिरी

रौतहट , कार्तिक २८ गते

कथनी र करनी हात्तीको दाँत भएको मुलुकमा, थरी-थरीका अभिनय गर्छन् , खेल हो राजनीति यिनी जे पनि गर्छन् ।

बरु यो मुलुकलाई नै आफ्नो स्वेच्छाले नाचाउँछ
जस्तो चाहन्छ त्यस्तै बनाउछ।

थैली चढाएर, कालो कोटलाई हरिया नोटसित बिक्रि हुन बाध्य बनाउछ ।

सत्तासेवा र स्वरक्षा गर्ने सुरक्षालाई बिक्रि हुन् बाध्य बनाउछ ।

बिज्ञापन एवं प्रायोजनहरुमा पत्रकारलाई बिक्रि हुन बाध्य बानाउछ।

कमिसन चाहिन्छ कि नजराना
भेटी , दस्तुर या उपहार , कोसेली ,
सौगात , कुम्लो ,पोको सबै चढाउछ्न

मुलुकलाई शकुनिको पासा बनाउछ्न
चटकीहरुको तमासा बनाउछ्न ।

मानव कालको उत्पति देखि नै आसन जमाएकाछ्न यिनीहरुले ,
बादँरहरु आफ्नालाई च्यापेर
धुरी-धुरीमा पुग्छन् जस्तै यिनीहरु पनि आफ्नै परिवारको सदस्यहरु पत्नी र बालबच्चाहरु प्रती आसक्त छन् ।
उहीँ परिवारिक भावना विस्तृत क्षेत्रमा विस्तार गर्छन् र मिथ्या प्रतिष्ठा , सम्मान एवं स्वार्थले भारयुक्त हुन्छन् ।

“स्वधर्मे निधनम श्रेय पर धर्म भयावह ” अर्थात , ‘जनताको जीवन रक्षा गर्ने दायित्व क्षेत्रीय शासकको धर्म हो ” भनिन्छ तर यिनले देखेका सम्पूर्ण क्षेत्र र त्यस क्षेत्रका समस्त प्रजा पनि आफ्नै घरपरिवार वा नातागोताका सदस्य हुनेछन् ।

यिनी आँखा पनि देख्छन् , धृतराष्ट्र पनि होइनन् तर धृतराष्ट्र जस्तै हुन् आफ्नो र पराई छुट्याउन पनि बराबर जानेका हुन्छन ।

यिनी चिल्ला -मिठा कुराले मान्छे फकाउन पनि जानेका छन् ,
उसै पर्यो भने यिनी मान्छे तर्साउन पनि जानेका छन् ।

थरी-थरीका कला छन् यिनमा ,चटक देखाउनु पर्यो भने चटक पनि देखाउछ्न ,
जादु देखाउनुपर्यो भने उत्तिखेरै उडने महल ठड्याउछन् ,
भुइँमा टेकेर त हिडनै छाडेका हुन् यिनी ।

यिनी जति बृद्ध हुँदै जान्छन् त्यति नै मिथ्या प्रतिष्ठाप्रती आसक्ति हुदैजान्छ्न।

जिवनको अन्तिम बुढेसकालमा पनि
यिनी आफुबिना सबैकुराहरु बिग्रन्छ भन्ने सोच्दछ्न।

पदमा बहाल रहेर आन्न्द लिई सक्दा पनि , आँखा नदेख्ने अवस्था भएपनि राजनीतिबाट अवकाश लिदैनन।

बरु जिवनको अन्तसम्म पनि परिवारप्रतीको आसक्तिले अफ्ना पारिवारिक जनहरुलाई मृत्युको क्रूर पन्जाबाट रक्षा गर्ने सक्षम हुन्छु भन्ने सोच्दछ्न ।

देशको लागि केही गर्छु भन्दै चोरेर,लोरेर खानेहरु पनि यिनै हुन् ,
ढाँटेर, खोसेर वा मागेर खाएकाहरु पनि यिनै हुन् ।

जहाँबाट खँगारिए पनि
हिलो लाग्दैन यिनलाई
धुलो लाग्दैन यिनलाई ।
इतिहासलाई ठगेर जसरी पनि आफ्नो वीरताको गाथा बनाउछ्न यिनि ।
फेरि दोहोरीएर पुग्छन् —उसैपरे “राम” भन्दा पहिल्यै लङ्का पुग्छन् ।

पाले , पहरे, द्वारे कसैले रोक्दैन यिनलाई
ढोका खुलोस कि नखुलोस
नियम ,कानुन मिलोस कि नमिलोस
केहि फरक पर्दैन यिनलाई । भन्निछ नि “चोरचोर मौसेरा भाइ ” कतिछ्न कतिछ्न यिनका मौसेरा भाईहरु ।

यिनीहरूको आफ्नो अन्डर ग्राउन्ड छुट्टै एउटा् विधान छ।
यिनले चाहेबमोजिम नियम,कानुनको गठन र विघटन पनि उतिखेरै हुन्छ।

प्रायः यिनका निति र नियत दुबैमा महाभोज नै चलेको हुन्छ।
आउआउ थाल थापेर ताँती लाग
आफु खाऊ , आफन्तलाई खुवाउ
नातागोता , को को , कहाँ -कहाँ छन्
सम्झी-सम्झी बोलाउ नै यिनीहरूको नीति प्रमुख हुन्छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*