रौतहट, कार्तिक २५ गते ।
नेपाल पत्रकार महासंघ राैतहट शाखाको साधारण सभा दुर्गा भगवति गाउँ पालिकाको सामुदायिक भवनमा यही कार्तिक २६ गते शनिवार हुने भएको छ । नेपाल पत्रकार महासंघ राैतहट शाखाको जिल्ला कार्य समिति सचिव मदन ठाकुर( धनन्जय) ले दिनु भएको जानकारी अनुसार केन्द्रीय कार्यालयले गरेकेा परिपत्र अनुसार कार्तिक मसान्त भित्र सम्पन्न गर्न ताेके बमोजिम गर्न लागेको हाे ।
जिल्लाका सबै पालिकामा पत्रकार महासंघको गतिविधि गर्ने भनि लिएको उदेश्य अनुरुप यस वर्षकाे साधारण सभा दुर्गा भगवती गाउँपालिकामा गर्न लागिएको हो । साे साधारण सभाकाे प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पाेखरेलबाट शनिबार विहान ०९:३० बजे उदघाटन हुने सचिव ठाकुरले जानकारी दिनु भयाे ।
नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झा काे अध्यक्षतामा चन्द्रनिगाहपुरमा बसेकाे बैठकले साधारण सभा गर्ने स्थान तथा प्रमुख अतिथि बारे निर्णय गरेकाे हाे । साे बैठकमा केन्द्रीय सदस्य शिवपुरीको विशेष उपस्थिति रहेको थियाे । साधारणसभा गर्ने निर्णय गत कार्तिक ४ गतेको बैठकबाट भएको थियो । प्रमुख अतिथि र साधारण सभा स्थलबारे साेमबार बसेको बैठकले टुङ्गो लगाएको हो ।
सो बैठकले पत्रकार महासंघको नयां सदस्यता खोल्ने निर्णय गर्नुको साथै जिल्लाका सञ्चारकर्मी तथा संचार संस्था सुचिकृत गर्ने भएको छ । नयाँ सदस्यताका लागि आवेदन दिने समय २०७९ मंसिर १५ गते देखि मंसिर मसान्तसम्म तथा सुचिकृत हुन मंसिर १० गतेसम्मको समय दिने निर्णय गरिएको सचिव ठाकुरले जानकारी दिनुभयो । महासंघको बैठकले सञ्चारकर्मीको सवारी साधनको दुरुपयोग राेक्न तथा आफ्नै सुरक्षाका लागि सवारी साधनमा लेखिएको प्रेस मेटने निर्णय गरेको तथा यसमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको सहयोग लिई पालना गराईने निर्णय भएको सचिव ठाकुरले बताउनु भयो । असली नाम/थर लेख्न तथा नामको अगाडी पछाडी जर्नलिस्ट आरजे र पत्रकार नलेख्न सञ्चारकर्मीलाई आग्रह गर्ने महासंघले निर्णय गरेको छ । सो बैठकले सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आधारहिन ,तथ्यहिन र भ्रामक सुचना सम्प्रेषण नगर्न नगराउन आग्रह गर्ने निर्णय समेत गरेका छन ।
Sthaniya News
