रौतहट,कार्तिक २८ गते ।
रौतहट क्षेत्र नं १ ( ख) का प्रदेशसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवले रौतहटलाइ मुख्यमन्त्रीको नेतृत्व दिलाउन आफूलाइ नै मतदान गर्न आममतदाता सँग आग्रह गर्नु भएको छ । यसपालिको चुनावमा धेरै राम्रो अवसर भएकालेयो सुनौलो अवसर नगुमाउन क्षेत्रवासी जनताहरुलाइ अपिल गर्नु भएको छ । मधेशलाइ सुखि,सम्पन्न र समृद्ध मधेश बनाउनु छ भने मेरो चुनाव चिन्ह गाछी छापमा मतदान गरि विजय गराउन अनुरोध गर्नु भएको छ ।

गढिमाइ नगरपालिका स्थित आफ्नै निवास बिरनगरामा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी नेपाली काँग्रेस मधेश प्रदेश सभापति समेत रहेका यादवले यस्तो आग्रह गरेका हुन् । गठबन्धनका शीर्ष तहका नेताहरुले आफूलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि आफू प्रतिनिधिसभा छोडी प्रदेशसभामा चुनाव लडेको खुलासा समेत गरेका छन् ।

सत्ता गठबन्धनको तर्फबाट रौतहट क्षेत्र नं १ ( ख) का प्रदेशसभा सदस्यका उम्मेदवार समेत रहेका कांग्रेस सभापति यादवले आफू प्रतिनिधिसभामा लड्न चाहेको भएपनी कांग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको दबाबका कारण प्रदेश सांसदमा चुनाव लड्नु परेको बताए ।
पार्टी अध्यक्ष देउवा, प्रचण्ड र माधव नेपालले तपाईं प्रतिनिधिसभा छोडेर प्रदेशसभा सदस्यमा लड्नुस जितेपछि तपाईंलाई नै हामी मधेश प्रदेशको मुख्यमन्त्री बनाइदिन्छु भन्ने आग्रह गरेपछि बाध्य भएर आफू प्रदेश सांसदमा चुनाव लडेको उनले बताए ।
मंसिर ४ गते हुने निर्वाचनपछि कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बन्ने र गठबन्धनको तर्फबाट मधेश प्रदेशको मुख्यमन्त्री आफू बन्ने उनले दाबी गरे । आफू मुख्यमन्त्री बन्नकै लागि प्रतिनिधिसभा छोडेर प्रदेशसभा सदस्यमा चुनाव लडेकोले जनताको अपार बहुमत सहित निर्वाचित भई मुख्यमन्त्री बन्ने उनले बताए ।

पाँच दलीय गठबन्धनको पूर्ण साथ र सहयोग रहेको कारण आफ्नो जीत सुनिश्चित नै रहेको उनले दाबी गरे । मधेश प्रदेशमा नेपाली काँग्रेस सहित गठबन्धनको अवस्था मजबुत रहेको बताउनु भयो ।
आफू संग कसैको प्रतिस्पर्धा नरेहेको दाबी गर्दै उम्मेदवार यादवले आफू जीतको नजिक रहेकोले निर्धक भएर रुखमा मतदान गरी आफूलाई विजयी गराउन उनले सबैलाई आग्रह गरेका छन् । आफू चुनाव जितेपछि सर्व प्रथम कृषि, शिक्षा र स्वास्थ्य लाई विशेष प्राथमिकता दिएर काम गर्ने उनले बताए । चुनाव का बेला जनतासँग गरेको प्रतिबद्धता चुनाव जितेपछि हर हालमा पूरा गर्ने प्रतिवद्धता उनले जनाए ।
Sthaniya News
