Breaking News
राजदेवी नगरपालिकाको सवारी साधन सार्वजनिक बिदामा प्रयोग नगर्न निर्देशन

राजदेवी नगरपालिकाको सवारी साधन सार्वजनिक बिदामा प्रयोग नगर्न निर्देशन

आरएन पटेल, रौतहट, चैत २३ गते।
राजदेवी नगरपालिकाले इन्धन अभावको वर्तमान अवस्थालाई ध्यानमा राख्दै सरकारी सवारी साधनको प्रयोगमा कडाइ गर्ने निर्णय गरेको छ। राजदेवी नगरपालिका नगर कार्यपालिकाको कार्यालय राजदेवीद्वारा जारी निर्देशन अनुसार अत्यावश्यक सेवा तथा निर्माणसँग सम्बन्धित प्राविधिक काम बाहेक अन्य प्रयोजनका लागि सार्वजनिक बिदाका दिनमा सरकारी सवारी साधन प्रयोग गर्न नपाइने भएको छ।
नगरपालिकाको नाममा दर्ता रहेका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन प्रयोग गर्ने अधिकार प्राप्त पदाधिकारी तथा कर्मचारीहरुलाई लक्षित गर्दै जारी गरिएको उक्त निर्देशनमा कार्यालयबाट बुझी प्रयोग गरिरहेका सवारी साधनहरू जिम्मेवारीपूर्वक प्रयोग गर्न आग्रह गरिएको छ।
विशेषगरी सार्वजनिक बिदाका दिनमा निर्वाचित पदाधिकारी तथा अन्य कर्मचारीहरूले सरकारी साधन प्रयोग नगर्न र नगराउन स्पष्ट निर्देशन दिइएको छ। यस कदमले इन्धन बचत गर्नुका साथै सरकारी स्रोत साधनको दुरुपयोग नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उक्त निर्देशन कार्यान्वयन सम्बन्धी पत्र नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत संजय कुमार पाण्डेद्वारा हस्ताक्षर गरी जारी गरिएको हो। साथै, सूचना प्रविधि अधिकृतलाई यस सम्बन्धी जानकारी सरोकारवालाहरू समक्ष प्रवाह गर्न पनि भनिएको छ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*