Breaking News
रौतहट २ प्रतिनिधि सभाका उम्मेदवार डा. फिरदोस आलम जितको नजदीक रहेको दाबी ।

रौतहट २ प्रतिनिधि सभाका उम्मेदवार डा. फिरदोस आलम जितको नजदीक रहेको दाबी ।

रौतहट, कार्तिक ३० गते ।

रौतहट क्षेत्र नं. २ प्रतिनिधि सभा सत्ता गठबन्धनका उम्मेदवार मो. डा. फिरदोस आलम जितको नजदीक रहेको दाबी गर्नु भएको छ ।
रौतहट क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा पुर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता अफताव आलमका जेठा छोरा डाक्टर फिरदोस आलम विजयी हुने लगभग निश्चित जस्तै नै रहेको देखिएको छ ।
बम बिस्फोट गराएको आरोपमा हाल नख्खु कारागारमा जेल जिवन बिताइरहेका आलमका छोरा फिरदोस आलम आफना बुवाको ठाउँमा सत्तारुढ गठबन्धनको तर्फबाट आफै प्रतिनिधिसभाका उम्मेदवार छन ।
निलम्बित सांसद आलम जेल परेपछि उनका छोरा आलम चुनावी मैदानमा होमिएका छन । आफताव आलमको सो क्षेत्रको जनतामा ठुलो लगानी रहेको छ ।
आलमको जनतामा ठुलो लगानी रहेकोले क्षेत्र नं २ का बासिन्दा आलमका छोरा फिरदोसलाई नै साथ दिएका छन । फिरदोसलाई जिताउन आम नागरिक निकै उत्साहित रहेको उनको जीत कसैले रोक्न नसक्ने आम मतदाता बताउँछन ।
रौतहट क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका उम्मेदवार डाक्टर फिरदोस आलमले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा आफनो जीत सुनिश्चित रहेको दाबी पनि गरेका छन ।
निर्वाचनको दिन नजिकिएसंगै जनताको रुझान आफनो तर्फ बढ्दै गएकोले आफनो जीत कसैले रोक्न नसक्ने उनले ठोकुवा गरे ।
बुधवार पत्रकारहरुसंग कुराकानी गर्दै उम्मेदवार आलमले यसअघि यस क्षेत्रबाट आफना बुबा अफताव आलम सांसदमा निर्वाचित हुँदा क्षेत्रमा शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार लगाएत क्षेत्रमा उल्लेखनीय विकास निर्माणका कामहरु गरेकोले उहाँले गरेको विकासको आधारमा जनता आफुलाई नै जिताउन आतुर रहेको बताएका छन् ।
जनतामा आफनो घर परिवार सहित बुबाको ठुलो लगानी रहेकाले यहाँका अधिकांश जनता आफुलाई नै रोज्न आतुर रहेकोले आफनो जित सुनिश्चित नै रहेको उनी दावी गर्छन ।
आफु घरदैलो गर्दा आफना पक्षमा जनताको ठुलो भिड नै ओर्लिन थालेको र गाउँ गाउँमा समर्थन गर्नेहरुको संख्या दिनदिनै बढदै जानु नै आफनो जीतको सबभन्दा ठोस वा प्रमुख आधार रहेको उनले बताए ।
उनले भने कुनै नेता जनताको ताकतले जित्ने हो, जो संग जनमत हुन्छ उ चाही चुनाव जित्छन त्यसरी नै मसंग जनताको अपार माया, स्नेह र समर्थन छ, म संग जनमत छन त्यसैले म चुनाव जित्छु त्यसमा कुनै संका छैन ।
आफनो कसैसंगै प्रतिस्पर्धा नरहेको दाबी गर्दै आलमले जनमत आफनो पक्षमा रहेकोले कसैको जालझेल र प्रलोभनमा नपरी निर्धक भएर रुख चिन्हमा मतदान गरी बहुमत सहित आफुलाई निर्वाचित गराउन उनले सबैलाई आग्रह गरे ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*