Breaking News
फतुवा बिजयपुरकाे टेंग्राहामा आगलागी हुदा लाखौंकाे क्षति ।

फतुवा बिजयपुरकाे टेंग्राहामा आगलागी हुदा लाखौंकाे क्षति ।

रूपेश यादव । राैतहट । पुस १० गते ।

राैतहटकाे फतुवा बिजयपुरमा आगलागीकाे घटना भएको छ । नगरपालिकाकाे वडा नम्बर ४ टेंग्राहा स्थित एक जना स्थानीयकाे खपडाकाे घरमा आईतवार दिउँसो १ बजेकाे समयमा आगजनी भएको हाे ।

स्थानीय राजेन्द्र राय यादवकाे घरमा लागेकाे आगाे बाट घरमा रहेकाे घरेलु मिटर, लत्ताकपडा, अन्नपात,भाँडाकुँडा , श्राद्धमा प्रयाेगहुने सामग्री , धान सहित करिब २ लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको पिडित परिवारले जनाएको हाे ।

बिधुत सर्ट भएर आगजनी भएको पिडितकाे भनाई रहेकाे छ । स्थानीय जनप्रतिनिधि र प्रहरीकाे सहयाेगमा आगलागी नियन्त्रणमा लिईएकाे थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*