आरएन पटेल। पुष ११ गते ।
रौतहटमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठुलो मात्रामा भारतीय गाड़ी सहित मदिरा बरामद गरेका छन ।
आइतबार राती करिब साढ़े ९ बजेको समयमा नेपालबाट भारत तर्फ जादै गरेको BR 29 S 9404 नं.को भारतिय बोलेरो गाडिमा अबैध रूपमा राखिएको लाखौ मूल्य बराबरको मदिरा प्रहरीले बरामद गरेको छ।

रौतहटको राजदेवी नगरपालिका वडा नं ९ ब्रहम्पुरी स्थित बि.ओ.पि.बेलबिछवाको सहायक प्रहरी निरिक्षक उमेश ढकालको कमाण्डमा खटिएको ५ जना प्रहरी जवान र प्रहरी चौकि बेलबिछवाको प्रहरी सहायक निरिक्षक किशोर ठाकुरको कमाण्डमा खटिएको २ जना प्रहरी जवानको संयूक्त टोलीद्वारा उक्त मदिरा सहितको गाड़ी प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीको उक्त संयूक्त टोलीद्वारा चेक प्वाईन्ट थापी चेक जाँच गर्ने क्रममा अवैध रुपमा नेपालबाट भारत तर्फ लग्दै गरेको करिब एक लाख बिस हजार बराबरको १ सय १८ कार्टुन सोफी मदिरा र
अन्दाजी ५ लाख मूल्य बराबरको गाडि गरि जम्मा ६ लाख २० हजार बराबरको सोफी मदिराहरु र गाडि छाडी ब्यक्ति फरार भएको थियो । नियन्त्रणमा लिएको उक्त सोफी मदिरा सहित गाडि गौर भन्सार कार्यालय बुझाउने प्रकृयामा रहेको जनाएको छ ।
Sthaniya News
