Breaking News
नेपाल रेडक्रस सोसाइटी सरमुजवा उपशाखाको २५ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी सरमुजवा उपशाखाको २५ औं वार्षिक साधारणसभा सम्पन्न

आरएन पटेल,पुस २९ गते
नेपाल रेडक्रस सोसाइटी सरमुजवा उपशाखाको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । जिल्लाको बौधीमाइ नगरपालिका स्थित रहेको नेपाल रेडक्रस सोसाइटी सरमुजवा उपशाखाको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बौधिमाई नगरपालिकाको वडा नम्बर ७ स्थित रहेको श्री आधारभूत बिधालय छोटी भन्सार बंकुलमा शुक्रबार साधारणसभा बोलाइएको थियो । कार्यक्रमको प्रमुख अतिथी बौधिमाइ नगरपालिकाका नगरप्रमुख प्रदिप यादव तथा विशिष्ट अतिथी नेपाल रेडक्रस सोसाइटी रौतहटका सभापती राजकिशोर यादव रह्नु भएको थियो ।


उपशाखाले २५ औं वार्षिक सधारणसभामा वर्षभरीको खर्च,अगामी योजना सहितको विषयमा छलफल गरेको थियो । सो अवसरमा अतिथीहरु उपमेयर प्रमिला देवी,उप कोषाध्यक्ष शेख कैमुदिन,वडा अध्यक्ष मुक्तिनारायण मिश्र,प्रहरी चौकीबंकुलका इन्चार्ज रामबाबु महतो,बिओपी सरमुजवाका इन्चार्ज विष्णु उप्रेती,रेडक्रस रौतहट जिल्ला सदस्य कपिलदेव पंडित सहितका सयौं व्यक्तीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको अवसरमा साधारणसभा पछि २७ जना जेष्ठ नागरिकहरुलाइ कम्बल वितरण गरिएको रौतहट शाखाका मन्त्री धर्मेन्द्र सिंहले जानकारी गराउनु भएको हो । यसका साथै सोही दिन रौतहट अन्तर्गत यस संस्थाका विभिन्न उपशाखाहरुमा पनि वार्षिक साधारण सम्पन्न भएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*