Breaking News
गरुडामा नबिल बैंकको शाखा कार्यालयको उदघाटन

गरुडामा नबिल बैंकको शाखा कार्यालयको उदघाटन

कुमार चन्दन, रौतहट। पुष २९ गते ।

रौतहटको गरुडामा नबिल बैंकको शाखा कार्यालयको उदघाटन गरिएको छ । गरुडा नगरपालिका वडा नंं. ४ गरुडा बजारमा गरुडा नगरपालिका कार्यालयको ठिक अगाडिको भवनमा शुक्रवारको दिन देखी नबिल बैंकको शाखा कार्यालय संचालनमा आएको छ । नबिल बैंकको शाखा कार्यालयको उदघाटन विधिवत रुपमा पूजापाठ गरी गरिएको छ ।

आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा नबिल बैंकले गरुडा बजारमा शाखाको शुभारम्भ गरेको छ ।
स्थानीय उद्योगी, व्यपारी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहकाबिच शाखा प्रबन्धक कमलेश श्रेष्ठले गरुडामा नबिल बैंकको विधिवत रुपमा पूजापाठ गरी शुभारम्भ गर्दै सेवाग्राहीहरुलाई सर्वसुलभ किसिमले चुस्तदुरुस्त सेवा दिने जानकारी गराउनु भयो।

नेपालभर २५० भन्दा बढी शाखा रहेका नबिल बैंकको चन्द्रनिगाहपुर मेनरोड र देवाहीगोनाही बजारमा शाखा रहेका छन । अब गरुडामा नबिल बैंकको शाखा संचालनमा आएपछि रौतहट जिल्लामा ३ वटा शाखा संचालनमा आएको कर्जा अधिकृत अरविन्द शाहले जानकारी दिनुभयो । पहिलो दिन गरुडाको विभिन्न प्रतिष्ठित व्यक्तिहरुले खाता खोलेका छन ।
बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्तदुरुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बताउनुभएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*