आरएन पटेल । माघ ०४ गते ।
रौतहटको कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवालद्वारा कम्बल वितरण गरिएको छ । नगर प्रमुख जयसवालको आतिथ्यमा नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रमका बिच वडा नं.९ डुमरियाका बिपन्न परिवार , गरिब , अपाङ्ग , बृद्धबृद्धा , जेष्ठ नागरिकलाई कम्बल बितरण गरेका छन् ।

गत दुई हप्तादेखि लगातार कठयाङ्गग्रिदो चिसो कुहिरो र चलेको चिसो स्याँठले अति बिपन्न परिवार ,मजदुर ,गरिब ,अपाङ्ग ,बृद्धबृद्धा ,जेष्ठ नागरिक लगायत पशु चौपायाहरुको जिवन कष्टकर बन्दै गईरहेको छ । बढ्दो चिसोको कारण चिसोबाट छल्नका लागी कम्बल वितरण कार्य मेयर जयसवालले आफ्नै वडा बाट सुरुवात गरेको छ । आफ्नो नगरको नागरिक प्रति उतरदायि रहेको हुँदा उनीहरुको जिउ ज्यानको रक्षा आफ्नो कर्तब्य रहेकोले वुधबार एक कार्यक्रम बिच जयसवालको प्रमुख आतिथ्यमा कम्बल बितरण कार्य भएको हो ।
नगर प्रमुख जयसवालले वार्ड नं १ देखि वडा नं ९ सम्मको जेष्ठ नागरिक ,बिधवा ,एकल महिला र पुर्ण रुपले अपाङ्ग रहेकाहरुलाई कम्बल बितरण गरेका हुन ।
चिसो बढेसंगै अहिले रौतहटमा सर्वसाधारण मानिसदेखि अति बिपन्न ,मजदुर , गरिब , एकल महिला ,जेष्ठ नागरिकहरुले समस्या भोगीरहेको अवस्थामा उहाले वुधबार डुमरियाका ६० जना जेष्ठ नागरिक ,बिधवा ,एकल महिला र पुर्ण रुपले अपाङ्ग ,अशक्त तथा चिसोले अति प्रभावित ब्यक्तिहरुलाई कम्बल वितरण गर्नु भएका छन ।
कम्बल बितरण कार्यक्रममा बोल्दै नगर प्रमुख जयसवालले असहाय , गरिब , असक्त , निमुखा परिवारलाई आपतबिपत परेको बेला कुनै पनि समय सहयोग गर्नमा पछाडी नपर्ने प्रतिबद्धता पनि जनाउनु भयो । उहाले आफ्नो नगरको कुनै पनि ब्यक्ति चिसोको कारण अकालमै मृत्यु नहोस भनि उदेश्यले चिसोबाट छल्नका लागी कम्बल बितरण गरेको बताउनु भयो ।
कटहरिया नगरपालिकाको नगर भरीका विकास , शैक्षिक अवस्था , स्तरउन्नती , सडक लगायत स्थानियबासीको ज्यानको रक्षाका लागी बिभिन्न योजना बनाई नगरवासीको सहयोगले कार्यान्वयन गर्दै जाने बताउनु भयो ।
तराई मधेश लगायत रौतहटमा चिसो बढेसंगै डुमरियाका स्थानियबासीले कम्बल पाएपछि हर्षित हुँदै मेयर जयसवालको सराहनिय कार्य प्रति वडा न ९ का स्थानीय बासिहरुले धन्याबाद दिएका छन् । सो कार्यक्रममा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र राय यादव तथा कार्यपालिका सदस्य दिलिप जयसवाल लगायत नगरपालिकाको कर्मचारी र स्थानीय भद्र भलादमीको सहभागिता रहेको थियो ।
Sthaniya News
