आरएन पटेल । १० माघ २०७९
बौधिमाइ नपा -२ इनर्वामा ब्रहमबाबाको साथै विभिन्न देवी देउताको स्थापना कार्य सम्पन्न भएको छ । धर्म शास्त्र अनुसार माघ शुक्लपक्ष द्वितीया तिथि रोज सोमवारका दिन पुरोहित द्वारा शुभ साइत राखी गाउँका ब्रहम्बाबा लगायत विभिन्न देवी देवताको स्थापना कार्य वडा अध्यक्ष धमेन्द्र प्रसाद पटेलको अगुवाइमा सम्पन्न भएको हो ।
सो अवसरमा वडा अध्यक्ष धमेन्द्र प्रसाद पटेल लगायत सम्पूर्ण गाउँबासिले हर्सोल्लासका साथ ब्रहमबाबा तथा विभिन्न देवी देउताको पूजापाठ गरि स्थापना कार्य सम्पन्न गरेका छन् । साथै उक्त अधुरो रहेको ब्रहमबाबा मन्दिरको निर्माण कार्य बौधीमाई नगरपालिका वडा नं.-२ इनर्वा निवासी जसपाका वडा प्रत्यासी समाजवादी युवा संघका केन्द्रीय महासचिव दिलीप कुमार पटेलले आफ्नो निजी लगानीमा गराएका थिए ।
विगतको करिब ४० औं वर्ष देखि अलपत्र रहेको गाउँको ब्रहमबाबा लगायत विभिन्न देवी देउता (बुढीयामाई, राजदेवी स्थान, सात बहिनी जगदम्बा, ओढौलमाई, टिकुलमाई, डकहिमाई, समयमाई ) को स्थान सोमबार विधिवत रूपमा पूजा आजा गरि स्थापना गरिएको हो । स्थापना कार्यमा स्थानीय सम्पूर्ण गाउँबासीले विधिवत रूपमा उपवास बसी पूजापाठ गरि स्थापना कार्य हर्सोल्लासका साथ सम्पन्न गरेका छन् । विगतको दिनमा देवी देउताको स्थान स्थापना नभएको हुँदा सम्पूर्ण गाउँ नै संकट अवस्थामा विभिन्न समस्याहरू खेप्दै आएको गाउँका जानकारहरु बताउँछन्। यसका साथै यस स्थापना कार्यले सम्पूर्ण गाउँको भलो हुने जानकारहरुले विश्वास राखेका छन ।
जुनसुकै गाउँमा पनि ब्रहमबाबा तथा अन्य देवी देउताको स्थान तथा नियमित पूजा पाठले स्थानीय सम्पूर्ण जनमानस लगायत सर्वसाधारणहरुको उन्नति प्रगतिको बाटो खुल्नु तथा समग्र गाउबासीले सुख शान्ति अमन चयन प्राप्त गर्ने सर्वसाधारणहरुको भनाई रहेको छ । वर्षौ देखि स्थापना बिनाको देवी देउताको पूजापाठ गरेर सन्तुष्ट नभएका स्थानीय गाउँबासी लगायत सर्वसाधारणहरुले वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलको अगुवाइमा भएको यस सराहनिय कार्यको खुलेर प्रशंसा गरेका छन् ।