प्रदीप दास, रौतहट।
माघ २३ गते ,सोमबार ।
रौतहट जिल्लाको गौरमा अवस्थित सिया प्यालेसको सभा हलमा विश्व अन्तरधार्मिक सद्भाव सप्ताह कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । उक्त सद्भाव सप्ताह कार्यक्रममा विभिन्न धर्मका धार्मिक अगुवाहरू जस्तै पण्डित बाबा, मौलाना र पाष्टरहरुको सहभागिता र वर्ल्ड भिजन तथा निरन नेपालको संयुक्त पहलमा सु सम्पन्न भएको थियो । हाम्रो समाजमा कुरितिका रूपमा विद्यमान रहेका बाल विवाह र दाइजो प्रथा अन्त्यका लागि हामी सबै मिलेर न्यूनीकरण गर्नका निम्ति लाग्नु पर्ने आवश्यकता रहेको देखिएको हो । आजको यस सद्भाव सप्ताह कार्यक्रममा विभिन्न धर्मका धार्मिक अगुवाहरू लाई माला, टीका,दोसल्ला ओढाएर प्रमाण पत्र / कदर पत्र हस्तान्तरण गरी सम्मान गरेको थियो । हाम्रो समाजमा विकृतिका रूपमा विद्यमान रहेका समस्याहरू विरुद्ध लड्ने धार्मिक अगुवाहरू लाई सम्मानित गरिएको निरन नेपालको रौतहट जिल्ला अध्यक्ष अनिशुर रहमान ले बताएका हुन् । उनका अनुसार यस समाजमा हाम्रो निरन नेपालमा संलग्न भई काम गरेका हाम्रा आदरणीय गुरुहरू प्रति सम्मान कार्यक्रममा सहभागी गराई सम्मान गरिएको वहाँले बताए । यस्तै समाजमा रहेका विकृतिहरू ,कुप्रथा हरु विरुद्ध लड्ने साहसी योद्धा हरुलाई स्वागत र सम्मान गरीरहने पनि जनाएका हुन् । बाल विवाह तथा दाइजो प्रथा उन्मूलन गर्ने मनसाय राखेर हाम्रो यस निरन नेपाल ले विशेष रूप ले काम गर्दै आएका पनि बताएका हुन् , विश्वास छ कि भविष्यमा यो कुप्रथाहरु बाट छुटकारा पाउने पनि उल्लेख गरेका थिए ।
अन्तर्धार्मिक नै किन ?
▪धर्म भनेको जोड्नको लागि हो विभाजित हुनको लागि
होइन ।
▪ सामाजिक परिवर्तन हो । एउटा धर्मले अर्को धर्मलाई
सम्मान गर्ने र हामो्र परिवर्तन असभ्यबाट सभ्य बनाउने,
कठोर निर्दयीबाट मैत्री मित्रतामा बनाउने, दुखकष्टबाट
खुशीमा परिणत गर्न ।
▪ यो आफैमा कुनै धर्म नभई सबै धर्महरुको सम्मान गरीसांस्कृतिक र धार्मिक सभ्यताको मुल्यमान्यतालाई
वैज्ञानिक तरिकाबाट कायम राख्न गरिएको एउटा प्रयास
हो ।
सबै धर्मका अनुयायीहरुवीच आध्यात्मिक तथा
सामाजिक शिक्षाको विषयमा छलफल गरी दुई फरक
फरक विचारलाई जोडने विशाल पुूल हो ।
मानव एक छ तर मानिसहरु फरक फरक छन् र धार्मिक
मान्यता एउटै हो तर धर्म गर्ने तरिका आ⁃आफ्ना छन्
भने जस्तै यसमा सबै धर्ममा भएका सिद्धान्तलाई
पवित्रता या विशिष्टता बनाउने र आस्थालाई बढाउन के
कस्ता गुणहरु रहेछन र तिनलाई कसरी सम्मान गर्दा
सबैमा एकता र सद्भाव वढ्न सक्छ भन्ने वैचारिक थलो
हो ।
यो अन्तर धार्मिक हामीलाई आवश्यकता किन ?
हामो मुख्य बुझाईको फरकहरु केलाउनमा भन्दा हामीमा मिल्न
सक्ने कुराहरु के के रहेछन र ती ज्ञानबाट शान्ति एकता,सदभाव
र न्याय जस्ता गुणहरु कसरी बिकसित र व्यवस्थापन गरि विश्व
माझमा प्रदान गर्नेे प्रयास हो ।
सबै धर्म एउटै हो र सबै धर्मको स्थान एउटै हुनपर्छ भन्ने मात्र
होइन वरु विभिन्न धर्मका मानिसहरु एकै ठाउमा आउन सकेमा
मित्रता ,सदभाव, समझदारी वढदछ
यो सन्जाल यस्तो
शक्ति
हो, जसबाट अपत्यारिलो रुपमा उर्जा प्राप्त हुन्छ जसले आपसी
समझदारीलाई झन मजबुत बनाउछ ।
धर्मको नाउँमा भैरहेको छाउपडी, बोक्सी प्रथा, बाल विवाह,
लैगिंक हिंसा, बली प्रथा, दाइजो प्रथा जस्ता सामाजिक विकृति
विसंगतिलाई धर्मगुरुहरुबाट नै निर्मूल पार्ने ।
ई. सम्बत् तेश्रो सताब्दीका सम्राट राजा अशोकको भनाई हरु :
कसैले पनि आफ्ना धर्मलाई मात्र सम्मान गर्ने र अरुको
धर्मलाई अपमान गर्नु हुँदैन । बरु अरुका धर्महरुलाई पनि
सम्मान गर्नुपर्छ । यस्तो गरेर आफ्नो धर्मको अभिवृद्धि र
अरु धर्महरुलाई पनि सेवा प्रदान गर्नु पर्दछ । यस्तो नगरेको
अवस्थामा उसले आफ्नो धर्मको लागि आफैंले चिहान
खन्छ भने अरु धर्महरुलाई पनि नोक्सान पुर्याउँछ । म मेरो
आफ्नो धर्मप्रति भक्तिभाव गर्दै आफ्नो धर्मलाई आदर
सम्मान व्यक्त गर्दछु र अरु धर्महरुलाई हेला गर्दछु भन्छ
भने ठीक उल्टो यस्तो गरेर उसले बडो गम्भिरतापूर्वक
आफ्नै धर्मलाई नोक्सान पुर्याउँछ । यसकारण मेलमिलाप
असल हुन्छ, सबैलाई ध्यानपूर्वक सुन्न देऊ र अरुले
अपनाएका सिद्धान्तहरुलाई ध्यान दिएर सुन्ने इच्छा बढाऊ ।
त्यस्तै, वर्ल्ड भिजन र निरन नेपालकाे संयुक्त आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा मौलाना शेख अनिसुर रहमानको अध्यक्षतामा प्रमुख अतिथि सभापति रामअयोध्या राय यादव, माधवनारायण नपाका नगर प्रमुख बैजनाथ प्रसाद यादव, मौलाना रहमत आलम,गुरु पण्डिजी भुपनारायण पण्डिजी, पास्टर दीपक श्रेष्ठ,सर्लाही जिल्ला हरिपुरका पास्टर अजय चौधरी ,इलाका प्रहरी कार्यालय महिला सेल गरुडाको सई फूल माया गुरौ लगायत पत्रकार ,समाजसेवीहरुको उपस्थिति रहेको कार्यक्रमको उद्घोषण शिव शंकर पासवानले गरेको थियो भने विभिन्न धर्मका धार्मिक अगुवाहरू जस्तै; पण्डित बाबा , मौलाना र पास्टरहरुको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।