Breaking News
बारामा श्री राम चरित्र माविले मनायो ६० औं स्मृति दिवस

बारामा श्री राम चरित्र माविले मनायो ६० औं स्मृति दिवस

नूर आलम बादशाह, माघ १८ बारा,
बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ चिउटाहामा रहेको श्री राम चरित्र माध्यमिक विधालयले विद्यालयका संस्थापक स्व.श्री राम चरित्र जैस्वारको ६० औं स्मृति दिवस बुधबार सफलतापुर्वक सम्पन्न गरेको छ ।

२०२० सालमा स्थापना भएको सो विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष मोनालाल राउत कुर्मीको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथी विधालयका प्रधानाध्यापक दिनेश प्रसाद साह रहेका थिए ।

शिक्षक जितेन्द्र गिरिले स्वागत मन्तव्य गरेको कार्यक्रममा शिक्षक रमेश साह, पदमराज चौधरी, पुर्व बिधार्थी ब्रजेश सिंह लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन शिक्षक राज कुमार कुशवाहाले गरेका थिए ।

कार्यक्रममा बिद्यार्थीहरुले नृत्य तथा संस्थापक जैसवालको बारेमा बक्तित्वकला प्रस्तुत गरेका थिए भने उत्कृष्ट भएकाहरुलाई पुरस्कार तथा सहभागी सम्पूर्ण भाईबहिनीहरुलाई सन्तावना पुरस्कार प्रदान गरिएको
थियो।

कार्यक्रममा शिक्षक बिजय चौधरी, राम जतन ठाकुर, उमा शंकर सिंह, नसरुल हक मन्सूर, हरेराम प्रसाद साह, कुन्दन कुश्वाहा, त्रिलोकि साह, ललन साह, राजा खान पैठान, राम औतार प्रसाद साह तेली, तारा प्रसाद, रामाधार प्रसाद यादव, श्याम किशोर साह, दसरथ प्रसाद साह कानु, चन्द्रकला राम, निरा साह, सरोज साह, चन्दन राम, मनेजर प्रसाद यादव, रेडियो बादलका संस्थापक नूर आलम बादशाह लगायत बिधार्थी भाईबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*