Breaking News
गुजरामा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले उपसचिव महर्जन ।

गुजरामा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी सम्हाले उपसचिव महर्जन ।

आरएन पटेल,फागुन १५ गते
रौतहट जिल्लाको गुजरा नगरपालिकामा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी उपसचिव महर्जनले सम्हालेका छन । सो नगरपालिकाको नयाँ हाकिमको रूपमा उप-सचिव अशोक कुमार महर्जनलाई जिम्मेवारी दिएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुजरा नगरपालिकामा उपसचिव पठाएको हो । सोमबार एक कार्यक्रमका बिच प्रमुख प्रसाशकीय अधिकृत महर्जनले कार्यभार सम्हालेका छन् ।


एक कार्यक्रमका बिच नगर प्रमुख सन्तलाल चौधरीले नयाँ कार्यालय प्रमुख महर्जनलाइ नगरपालिकामा हाजिर गराउनु भएको हो ।


गुजरा नगरपालिकाको आर्थिक तथा प्रशासनिक कार्य गर्ने हिसाबले जिम्मेवारी दिईएको हो ।
यस अघिका हाकिम नि.प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार जयवालको ठाउँमा वहाँ आउनु भएको हो । सो अवसरमा वडा नम्बर २ का वडा अध्यक्ष अशोक चौधरी,वडा नम्बर ३ का वडा अध्यक्ष गजेन्द्र चौधरी, अधिकृत जामुन चौधरी सहितका व्यक्तिहरूले पनि नयाँ कार्यालय प्रमुख महर्जनलाई स्वागत गरेका थिए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*