Breaking News
प्रेस मंच नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशन गौरमा सम्पन्न ।

प्रेस मंच नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशन गौरमा सम्पन्न ।

आरएन पटेल, चैत्र १३ गते ।
प्रेस मंच नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशन गौरमा सम्पन्न भएको छ । रौतहटको सदरमुकाम गौर स्थित नेपाल बार एसोसिएसनको सभा हलमा प्रेस मंच नेपालको प्रथम जिल्ला अधिवेशन मंचका अध्यक्ष किशोरी यादव को अध्यक्षमा सम्पन्न भएको हो ।


सम्पन्न अधिवेशनबाट जसपा नेपालको भातृ संगठन प्रेस मंचका १५ सदस्य जिल्ला कार्य समिति गठन गरिएको छ। प्रेस मंच रौतहटका नव गठित कार्य समितिको अध्यक्षमा किशोरी यादव, उपाध्यक्षमा रश्मी पटेल, अरबिन्द यादव, ओम प्रकाश यादव, आर एन पटेल, सचिवम चन्दन कुमार महतो, स-सचिव श्रीकान्त यादव, दिपक कुमार साह ,र कोषाध्यक्षमा प्रेम यादव, लगायत सदस्यहरुमा भुषण सिंह, प्रियंका सिंह, प्रदिप यादव, जितन हलचल, राजन साह, हनुमत यादव सहित १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ।


जनता समाजवादी पार्टि नेपालको भातृ संगठन रौतहट प्रेस मंचका नव गठित जिल्ला कार्य समिति गठन कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ रौतहट शाखाको पुर्व अध्यक्ष तथा प्रेस मंचका केन्द्रिय सदस्य रबिन्द्र प्रसाद साह , विशिष्ट अतिथि,जसपा नेपालको केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नं २ (ख) को पुर्व प्रदेश सभा सदस्य रामकिशोर यादव उर्फ किशोरी यादव, पुर्व राज्य मन्त्री योगेन्द्र राय यादव,जसपा नेपालको केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नं २ को नवनिर्वाचित प्रदेश सभा सदस्य माननीय शोभा देवी साह, जसपा नेपालको केन्द्रीय सल्लाहकार राघो राय यादव, जसपा नेपालको रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादव, प्रेम मंचका मधेस प्रदेश अध्यक्ष अमरेन्द्र यादव, मधेस प्रदेशको महा सचिव वन्दना झा लगायत जसपा नेपालको मधेस प्रदेश सदस्य तथा प्रादेशिक अस्पताल गौरको अध्यक्ष मोहम्मद अनवर हाशमीले नव गठित कार्य समितिको उन्नति प्रगतिको हार्दिक मंगलमय शुभकामना दिदैं हार्दिक बधाई ज्ञापन गरेका छन्। प्रेस मंच नेपाल जिल्ला कार्य समिति रौतहट लाई सबलिकरण तथा नेतृत्वदायी बनाउन हर कदम हातेमालो गरि साथ सहयोग गर्ने कार्यक्रमको बिशिष्ट अतिथि रामकिशोर यादवले प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रम प्रेस मंच नेपाल रौतहट जिल्ला कार्य समितिको आयोजनामा भएको छ । जनता समाजवादी पार्टी नेपालको भातृ संगठन प्रेस मंच नेपाल मधेश प्रदेश समितिको अधिवेशन यही चैत्र १६ गते हुने भएकोले मधेश प्रदेश समितिको अधिवेशनलाई प्रभावकारी बनाउन रौतहट जिल्ला अधिवेशन गरिएको हो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*