Breaking News
मेयर कुर्मीद्वारा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

मेयर कुर्मीद्वारा ४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

रौतहट, ११ चैत ।
बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

बृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले भवन शिलान्यास गरेका हुन् । लामो समयको प्रतीक्षापछि वडामा पहिलोपटक स्वास्थ्य चौकी स्थापना भई भवन निर्माणको शिलान्यास भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

उक्त अवसरमा नगरपालिकाका मेयर कुर्मीले जनताहरूका आधारभूत तहको आवश्यकता स्वास्थ्य सेवा र सुविधा प्राप्त गर्नु रहेकोले यो सेवा प्रदान गर्न आफ्नो र नगरबाट कुनै कसर बाँकी नराख्ने बताए ।

भौतिक पूर्वाधार र उपकरण नहुँदा यहाँका बासिन्दालाई अलि ठूलो स्वास्थ्य समस्या हुने बित्तिकै चपुर, सदरमुकाम गौर, बिरगंज, भरतपुर वा काठमाडौं जानुपर्ने बाध्यता थियो अब त्यस्तो समस्या सधैंको लागि हटने आफ्नै वडामा पहिलोपटक स्वास्थ चौकीको लागि निर्माण कार्य हुदा सेवा लिन पाईने मेयर कुर्मीले बताएका छन् ।

भवनको शिलान्यासपछि मेयर कुर्मीले ६ नम्बरका जनतालाई गुणस्तरीय सेवा दिनका लागि सुविधा सम्पन्न भवनले सहज हुने बताए । उहाँले निर्माण व्यवसायीलाई भवनको गुणस्तर कायम गरी समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो ।

भवन निर्माणका लागि रु ५० लाख टेन्डर गरिएको थियो सो कार्य बजरंगी निर्माण सेवा कटहरियाले भवन निर्माण कार्यको जिम्मा लिएको नगरपालिका कार्यालयले बताएको छ ।

निर्माण कम्पनीसँग यहीँ आर्थिक बर्ष २०७९/०८० मा सम्झौता भएको र यसै आर्थिक वर्षको जेष्ठ महिनाभित्रको अन्त्य सम्म पूर्ण रूपमा निर्माण कार्य सम्पन्न हुने जिन्सी प्रमुख रासनारायण पटेलले बताए ।
बृन्दावन नगरपालिकाका वडा नं ६ का वडाअध्यक्ष मजहर मनसुरीको अध्यक्षता भएको शिलान्यास कार्यक्रममा उपमेयर, वडाअध्यक्ष, जनप्रतिनिधि लगायत अन्य जनसमुदायको उपस्थिति रहेका थिए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*