Breaking News
परोहा–६ बसन्तपट्ठीमा वडाअध्यक्ष कुर्मीद्घारा ढलानको कार्य धमाधम हुदै ।

परोहा–६ बसन्तपट्ठीमा वडाअध्यक्ष कुर्मीद्घारा ढलानको कार्य धमाधम हुदै ।

आर एन पटेल,चैत २२ गते
जनप्रतिनिधीहरुलाई विकास निर्माणको कार्य गराउन धेरै गाह्रो भए पनि परोहा नगरपालिकाको वडा नम्बर ६ बसन्तपट्ठीमा विकास निर्माणको कार्य अन्तर्गतका सड़क ढलानको कार्य धमाधम भइरहेको देखिएको छ । रौतहट जिल्लाको दक्षिणी भेग परोहा नगरपालिका अन्तर्गत वडा नम्बर ६ मा आर्थिक वर्ष २०७९।०८० का लागि वडा स्तरीय योजनाबाट आएको रकमबाट नगरपालिकाको वडा नं.–६ बसन्तपट्ठीका वडाअध्यक्ष रामबिलास प्रसाद कुर्मीले सड़क ढलानको कायलार्ई तिव्रता दिएका छन ।

वडाको यस आ.ब.को कुल बजेटमध्ये यस वर्ष विकास निर्माणको कार्य अन्तर्गत सड़क ढलानको कार्यमा करिब १८ लाख बजेट राखिएको बताउनु भएको छ । जस अन्तर्गत बसन्तपट्ठीको पश्चिम टोलमा करिब ३ सय मिटर लम्बाईको विभिन्न सडकहरु गरेर करिब ८ लाखको सडक ढलान कार्य सुरु भईसकेको वडाअध्यक्ष कुर्मीले जानकारी दिनु भएको छ । साथै यस आयोजना अन्तर्गतका बाकी कार्य अति आवश्यक रहेको अन्य टोलको सडक तुरुन्तै ढलान गरि आयोजना सम्पन्न गरिने वहाले बताउनु भएको छ ।
यसअघि गाउँको पश्चिम टोलमा सडक ढलान नहुदा स्थानीयहरुले वर्षाको समय लगायत अन्य दिनहरुमा समेत आवतजावत गर्न सास्ती खेपिरहेका स्थानीयहरुले बताएका छन । वडाअध्यक्ष कुर्मीले सक्रियता देखाइ काम सुचारु गराएकोमा टोलका भद्रभलादमीहरु लगायत स्थानीयबासीहरु खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका हुन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*