आर एन पटेल,चैत २२ गते
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै रौतहटमा कालाबजारी सुरु भएको देखिएको छ ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएसँगै रौतहटका बजार तथा चौकमा देखिने पेट्रोल पम्पहरुको मेसिनमा बोरा ओढाएर(छोपेर) राख्ने कार्य सुरु गरेको देखिएको छ । पेट्रोलियम पदार्थको मूल्यमा भएको गिरावटले पेट्रोल पम्प धनीहरुलाई हुने नोक्सानीबाट जोगिन उनीहरुले पेट्रोल छैन को होर्डिङ्ग बोर्ड लगाउने तथा मेसिन छोपेर राख्ने कार्य गरेकोे एक स्थानीयले बताएको छ । साथै पेट्रोल पम्पको सेटिङ्गमा छेउमा नै राखेर प्रति लिटरको २०० सम्म लिने गरेको बताएका छन ।

सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको साथै पेट्रोलमा तीन रूपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको थियोे ।
मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ। आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १ सय ६० रुपैयाँमा बिक्री हुने मूल्य निर्धारण गरेको थियो ।
यसरी बोतल तथा गिलनमा पेट्रोलीयम पदार्थ बिक्री गरेमा कार्यवाही गरिने सरकारले भनेको थियो । तर नियमनकारी निकायको यस तर्फ ध्यान जानसकेको छैन् । यस तर्फ उपभोक्ताहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।


Sthaniya News
