आरएन पटेल। चैत्र २५ गते ।
जनता समाजवादी पार्टी नेपालको बर्गीय संगठन समाजवादी युवा संघ रौतहटको नव गठित जिल्ला कार्य समितिका पदाधिकारी सदस्यहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिवार गौर स्थित बार एसोशियसनको सभाहालमा समाजवादी युवा संघका जिल्ला अध्यक्ष पुन प्रताप पटेलको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पूर्व भूमि व्यस्था ,कृषि तथा सहकारी राज्य मंत्री तथा युवा संघ नेपालका केंद्रीय सदस्य समेत रहेका योगेन्द्र राय यादवले प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै मधेश आन्दोलनको उपलब्धि नै संघीयता रहेको जिकिर गरे । मधेशका मशीहाको रुपमा रहेका पार्टी अध्यक्ष उपेन्द्र यादको कारण नेपालमा संघीयता आएको उल्लेख गर्दै यादवले समाजमा कायम रहेको विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने जसपाको लक्ष्य रहेको बताए । जनमत प्रतिका अध्यक्ष डाक्टर सीके राउत प्रति टिप्पणी गर्दै पूर्व राज्य मंत्री यादवले सीके राउत फिल्मी नायक नायिका जस्तो स्वरुप बदलने गरेको बताए ।
गरीब ,दलित ,मुस्लिम ,महिला ,आदिबासी , जनजाति , उत्पीड़नमा परेका बर्ग समुदायको लागि असली नायक उपेन्द्र यादव नै रहेकोले मुलुकलाइ उपेन्द्र यादवको आवश्यकता रहेको दावी समेत गरे । बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा बारा २ बाट साझा उमेदवारको रुपमा रहेका पार्टी अध्यक्ष यादव नै निर्वाचित हुने ठोकूवा गरे ।

डॉलर कमाउने व्यक्ति डाक्टर राउतले उठाएका विभिन्न मुद्दाहरु विर्सेको टिपण्णी समेत गरे ।कार्यक्रममा पूर्व राष्ट्रिय सभा सदस्य रामप्रीत पासवानले नेकपा एमाले र जनमत पार्टीले मधेश आन्दोलनबाट प्राप्त भएका उपलव्धिलाई समाप्त पार्ने सडयंत्र गरिरहेकोले मधेशी जनताले सचेत हुनु पर्ने बताए । सूर्य पश्चिमबाट कहिले नउदाउने तथा हरन बाट ध्वनि प्रदुषण हुने भएकोले छातामा मतदान नै उपयुक्त हुने भएकोले जसपा पार्टीलाई मतदान गरी विजयी बनाउन बारा २ का आम मतदाता संग आग्रह समेत गरे ।
संघका मधेश प्रदेश सचिव कमलेश यादवले सञ्चालन गरेका सपथ ग्रहण कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् सदस्य सुधीर यादव, प्रदेश सदस्य एवं पूर्व नगर प्रमुख बिरेन्द्र यादव, संघका केन्द्रीय महासचिव दिलिप कुमार पटेल, जसपा रौतहटका अध्यक्ष श्याम बिहारी यादव , शिक्षक फोरमका जिल्ला अध्यक्ष कामेश्वर प्रसाद यादव लगायतका बक्ताहरुले आ आफ्नो शुभकामना मन्तव्य राखेका थिए । शपथ ग्रहण पछि बसेका युवा संघ नेपाल जिल्ला कार्य समितिको बैठकबाट आगामी जेष्ठ १५ गते भित्र रौतहटको सम्पूर्ण पालिका तथा वड़ाहरुमा संगठन विस्तार गर्ने , बैशाख १० मा हुने बारा २ को उपनिर्वाचनमा प्रचार प्रसार गर्नको लागि सहभागी हुने जस्ता निर्णय भएको जिल्ला अध्यक्ष पुन प्रताप पटेलले जानकारी दिएका छन ।


Sthaniya News
