Breaking News
संसद र देशलाई उपेन्द्र यादवको आवश्यकता- माधवकुमार नेपाल

संसद र देशलाई उपेन्द्र यादवको आवश्यकता- माधवकुमार नेपाल

बारा, चैत्र २७ गते
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद र देशलाई उपेन्द्र यादवको आवश्यकता रहेको बताएका छन् । जसपा अध्यक्ष एवं बारा २ का उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्र पुगेर बिहिबार नेता नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता अपरिहार्य रहेको औल्याएका हुन् ।

बाराको २ मा सत्ता गठबन्धनको साझा उम्मेदबार रहेका जसपा अध्यक्ष यादवको पक्षमा माहोल बनाउन नेपाल बुधबार साँझ कलैया पुगेका थिए । बारा २ को चुनावी मैदानमा रहेका यादवसँगको भेटमा नेता नेपालले गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

जसपा अध्यक्ष यादवलाई विजयी बनाउन अपील गर्दै नेता नेपालले भने, ‘सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजयी गराउन नेकपा एसको पार्टी पंक्ति एवं सिंगो बाराबासीलाई आग्रह गर्दछु ।’

नेपालको राजनीतिक परिवर्तनका लागि महत्वपूर्ण मानिएको लोकतान्त्रिक गणतन्त्र स्थापनामा मधेश जनविद्रोहको उच्च स्थान रहेको भन्दै नेता नेपालले मधेश विद्रोह, पहिचान, समावेशी र संघीयता जस्ता महत्वपूर्ण परिवर्तनका एजेन्डालाई संस्थागत गर्न देश र प्रदेशहरुको समयानुकूल विकास गर्न संसदमा जसपा अध्यक्ष यादवको उपस्थिति अपरिहार्य रहेको जिकिर गरे ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*