वैशाख २ रौतहट ।
रौतहटमा शनिबार गोली लागेर एक जनाको मृत्यु भएको छ । रौतहटको गढीमाई नगरपालिकाको वडा नम्बर ८ धोबिनिया गाउका स्थानिय राजकुमार रायको गोली लागेर मृत्यु भएको स्थानियले बताएका छन । सोहि ठाउँका श्याम यादब,राजेश यादब र ईश्वर यादबले गोली चलाएको प्रहरी स्रोतबाट जानकारी प्राप्त भएको छ । उनीहरुले चलाएको गोलीको छरा लागेर निरन्जन राय यादब गम्भिर घाईते भएको छ भने प्रताप राय यादब र कपिल देव राय यादब समान्य घाईते भएको छ ।

सो स्थानमा सडक फराकिलो बनाउने विषयमा स्थानिय बिच विवाद भई झडप भएपछि गोली चलाएको स्थानियले बताएका छन । स्थानिय दुइ पक्षबिच जग्गाको विषयमा झडप हुदा दुबै पक्षले अबैध हतियार प्रयोग गरेको बताइए तापनि गोली कसले चलायो त्यो भने पुष्टि भइसकेको छैन । गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुकबाट गोली प्रहार भएको प्रहरीको भनाइ छ ।
तर प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको एसपी बुढामगरले बताए ।अहिले सो स्थानमा जिल्ला प्रहरी कार्यालय सहित अन्य इलाका प्रहरी कार्यालयका प्रहरीहरु पुगिसकेको जनाइएके छ । यसबारे विस्तृत विवरणको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Sthaniya News
