Breaking News
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

काठमाडौं , जेठ २ गते ।
सरकारले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर दस-दस रुपैयाँ घटाउने निर्णय गरेको हो।
यससँगै डिजेल र मट्टितेलको मूल्य १५५ कायम भएको छ। पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।


इन्डियन आयल कर्पोरेशनले सोमबार पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको थियो। जसमा पेट्रोलको ९.५२ रुपैयाँ घटाएको थियो। तर नेपाल आयल निगमले भने पेट्रोलको मूल्य यथावत राखेको छ।
निगमका प्रवक्ता मनोज ठाकुरले नेपाल र भारतको सीमानामा समान मूल्य कायम गर्ने मान्यताअनुसार सञ्चालक समितिले पेट्रोलको मूल्य यथावत राख्ने निर्णय भएको बताए।
‘नयाँ सूचीअनुसार भारत (रक्सौल)मा नेपालभन्दा २३ पैसा र डिजेल १:५६ रुपैयाँ सस्तो पर्नेछ,’ उनले भने। यसबाट नेपालबाट हुने पेट्रोलियम पदार्थको तस्करी नहुने उनको भनाइ छ । साभार : अन्नपूर्ण

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*