Breaking News

पत्रकार यादवलाई कृषि मन्त्रीका भाई सुबन्त कुशवाहाद्वारा दुर्व्यवहार

रौतहट

रौतहटका कृयाशिल पत्रकार मेवालाल यादवलाई कोपवा छठघाटमा दुर्व्यवहार भएको छ । विवादित रहेको छठघाटको विषयमा रिपोर्टिङका लागि बौधिमाइ नगरपालिका -५ कोपवा छठघाट्मा पुग्नुभएका आरोही टेलिभिजनका समाचार संयोजक एवं भोजपुरी टाइम्स दैनिक पत्रीकाका पत्रकार यादवलाई कृषि मन्त्री बसन्त कुशवाहाका भाइ सुबन्त कुशवाहा तथा मन्त्रीका स्वकीय सचीव अर्जुन कुशवाहाले दुर्व्यवहार गरेका हुन् ।

पत्रकार यादवले आफु पत्रकार हो भन्दै आफ्नो परिचयपत्र देखाउदा समेत उनिहरुले भिडियो किन खिचेको भन्दै मोबाइल खोस्ने, अपशब्द बोल्ने, भिरबाट खसालिदिने, पोखरीमा गाडिदिने जस्ता तल्लोस्तरका गालिगलौज गरेको पत्रकार यादवले बताउनुभएकाे छ । कृषि मन्त्री बसन्त कुशवाहाले आफ्नो भाइ सुबन्त कुशवाहा र स्वकीय सचिव अर्जुन कुशवाहा लगायतका गाउँका अन्य व्यक्तिहरुलाई समेत उक्साएर आफु प्रति दुर्व्यवहार , गालिगौज गरेको यादवले भनाइ छ ।

घटना लगत्तै यादवले स्थानिय चिलाउनेबास प्रहरी चौकीमा आफुमाथि दुर्व्यवहार गर्ने कृषि मन्त्रीका भाइ र उनका स्वकीय सचिवको बारेमा चौकी प्रमूख यादवलाई जानकारी गराई कारबाहीको माग गर्नुभएकाे छ । साथै उहाँले पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ रौतहटमा जानकारी गराउनुभएकाे थियाे । यादवले आफुले पत्रकार हो भनि आफ्नो परिचयपत्र स्पष्टरुपमा देखाईरहँदा पनि दुव्र्यवहार हुनु र धम्कीका भाषाहरु प्रयोग हुनुले आफु निकै दुखित रहेको बताउनुभएकाे छ ।

सुशासन, समुन्नत समाज निर्माणका लागि रातदि रिपोर्टिङ गरिरहेका पत्रकारहरुमाथि कार्यक्षेत्रमा हुने यस किसिमका दव्र्यवहारले पत्रकारहरु असुरक्षित हुन्छन्, यस किसिमका घटना पटक पटक दोहोरिनु पक्कैपनि कानुनी राज्यमा राम्रो कुरा होइन । यसर्थ यस किसिमका घटना आगामी दिनमा नदोहोरिउन् र दोसी उपर राज्यले आवश्यक छानविन गरि कारबाहीको दायरामा ल्याओस भन्ने माग पनि गर्न चाहान्छु,।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*