आरएन पटेल, भदौ २९ गते ।
बौधिमाई -२ को राईजिङ्ग स्टार स्कुलमा विभिन्न कार्यक्रम गरि बाल दिवस मनाइएको छ । नगरपालिकाको वडा नंं. २ इनर्वा, पिपरिया र अजगैबीको बीचमा पर्ने भोवाली चौक स्थित सञ्चालनमा रहेको द राईजिङ्ग स्टार इङ्गलिश बोर्डिङ्ग स्कुलमा भदौ २९ गतेका दिन विभिन्न कार्यक्रम गरि ५९ औं बाल दिवस मनाइएको छ ।

बाल दिवसको अवसरमा आज एक कार्यक्रमको आयोजन गरि यस स्कुलले आफ्नो विद्यालय प्राङ्गणमा हाजिरी जवाफ प्रतियोगिता, नृत्य प्रतियोगिता, कविता प्रतियोगिता तथा English speech जस्ता कार्यक्रमहरू गरेर भव्यताका साथ बाल दिवस मनाएको छ ।

कार्यक्रमको उदघोषण विद्यालयका शिक्षक रामाकान्त कुमार पटेलले गरेका थिए। त्यस्तै प्रतियोगितामा भाग लिएका विद्यार्थीहरुलाई सम्मान पत्रका साथै प्रथम, दोस्रो र तेस्रो गर्नेलाई कप, मेडल तथा विभिन्न किसिमका पुरस्कारहरु पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बौधीमाई न.पा. वार्ड नं.२ इनर्वाका वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेल, विशिष्ट अतिथिको रुपमा समाजवादी युवा संघका केन्द्रीय महासचिव दिलिप कुमार पटेल, अतिथि बैजु प्रसाद पटेल, शंकर प्रसाद मस्ताना लगायत समाजसेवी, बुद्धिजीवी,अभिभावकवर्ग तथा विधार्थी भाईबहिनी, शिक्षक – शिक्षिका लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
Sthaniya News
