रूपेश कुमार यादव, भदौ २९ गते।
बाल विवाह न्युनिकरणमा आएका चुनाैति तथा कानुनी प्रावधानबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

समावेशी विकास तथा अनुसन्धान केन्द्र फतुवा बिजयपुर नगरपालिका वडा नं ११ बालबिवाह बिरूद्ध प्रदेश स्तरीय संजाल मधेश प्रदेश र जिल्ला प्रहरी कार्यालय राैतहटकाे संयुक्त आयाेजनामा नेपाल प्रहरी ईकाई ईनचार्जहरू संग एक दिने अन्तरक्रिया सम्पन्न भएकाे हाे।
शुक्रबारका दिन जिल्ला प्रहरी कार्यालय गाैर राैतहटकाे सभाहलमा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय राैतहट गाैरका प्रहरी नायब उपरीक्षक दामोदर के.शि रहनु भएका थिए ।
समावेशी विकास तथा अनुसन्धान केन्द्र आई.डि.आर.सी ओमप्रकाश रामकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको र कार्यक्रममा प्रहरी निरिक्षक राकेश राईले बालबिवाह न्युनिकरणकाे बारेमा प्रशिक्षण दिनु भएकाे थियो त्यसतै
प्रहरी नायब उपरीक्षक दामोदर के.शिले आफ्नो बाल बिवाह न्युनिकरण सम्बन्धि आफ्नो जिज्ञासा राखेका थिए।
अहिले समाजमा भईरहेकाे बाल बिवाह राेकथाम कसरी गर्ने बाल बिवाह बाट हुने समस्या तथा घटनाहरूकाे बारे बिषयमा छलफल भएको हाे।
कार्यक्रममा नेपाल प्रहरीका ईकाई ईन्चार्जहरू संस्थाका कर्मचारीहरू र संचारकर्मिहरूकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे ओमप्रकाश रामले जानकारी गराएका हुन।
Sthaniya News
