Breaking News
माधव नारायणमा जसपाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

माधव नारायणमा जसपाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

आरएन पटेल । कार्तिक १४ गते ।
रौतहटको माधव नारायण नगरपालिकामा जसपाको नगर स्तरीय शुभकामना आदान प्रदान तथा संगठन विस्तार अभियान कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. ६ माधोपुर बजारमा जनता समाजवादी पार्टी नेपालको नगर स्तरीय शुभकामना आदान प्रदान तथा संगठन विस्तार अभियान कार्यक्रम सम्पन्न गरिएको हो ।


हिन्दू धर्मावलम्बीहरुको महान पर्व शुभ दीपावली एवं आस्थाको पर्व छठ पर्वको शुभ अवसरमा जनता समाजवादी पार्टी नेपाल माधव नारायण नपा नगर कार्य समितिको आयोजनामा मंगलवार माधव नारायण नपामा नगर स्तरीय शुभकामना आदान प्रदान तथा संगठन बिस्तार कार्यक्रम नगरपालिकाको पूर्व मेयर बिरेन्द्र प्रसाद यादवको अध्यक्षता सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री गोबिन्द चौधरी , बिशिस्ट अतिथि पार्टीका केन्द्रीय सदस्य तथा पुर्व कृषि राज्य मन्त्री माननीय योगेन्द्र राय यादव, किरण ठाकुर , विस्वनाथ पटेल, जिल्ला अध्यक्ष श्याम बिहारी यादव, मधेश प्रदेश सदस्य तथा प्रादेशिक अस्पताल गौरको अध्यक्ष मोहम्मद अनवर हाशमी, युवा नेता पारस भण्डारी, सर्लाही जिल्ला इन्चार्ज रामअशीष राय यादव, केन्द्रीय परिषद सदस्य दिनेश यादव लगायत अन्य सयौ नेता कार्यकर्ताहरु तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*