Breaking News
रौतहटमा सरकारी नम्बरको मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ ।

रौतहटमा सरकारी नम्बरको मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ ।

रौतहट, कार्तिक १५ गते ।
रौतहटमा सरकारी नम्बर प्लेटको मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ परेका छन । मोटरसाईकल चोरीमा जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं. ५ बस्ने ३ जना व्यक्तिहरुलाई आशंकाको आधारमा प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा पक्राउ परेका छन ।
चोरी भएको उक्त ना. १ ब. ३७९० नम्बरको निलो र कालो रंगको बजाज कम्पनीको १५० सि. सि. को पल्सर मोटरसाईकल रौतहटको फतुवा विजयपुर नगपालिकाको नाममा दर्ता रहेको कायम रहेको छ । बितेको असोज महीनाको २९ गतेका दिन करिब ४:३० बजेको समयमा गौर नगरपालिकाको वडा नं. १ कृष्ण मन्दिर नजिक राज प्रिन्टिङ प्रेसको अगाडी पार्किङ्ग गरी राखिएको अवस्थामा मोटरसाईकल चोरी भएको थियो । प्रहरीले उक्त मोटरसाईकल खोजतलस गर्ने क्रममा कार्तिक १४ गते मंगलवारका दिन करिब ४:५० बजेको समयमा उक्त मोटरसाईकल फेला परेका छन । सरकारी नम्बर प्लेटको सो मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरि हाल भारतीय नम्बर BR 30 Q 4868 को नम्बर प्लेट राखी चलाउदै गरेको अवस्थामा प्रहरीलाई आशंका लागि चेकजाँच गर्ने क्रममा गौर न.पा.- ५ का तिनै जनालाई मोटरसाईकल सहित पक्राउ परेका छन । मोटरसाईकल सहित पक्राउ परेका तिनै जनालाई आवश्यक कार्वाहीको लागी रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*