रौतहट, पौष १७ गते ।
म्याजिक गाडीको ठक्करबाट मोटरसाईकल चालक एक जना भारतीय नागरिकको मृत्यु भएकाे छ ।
रौतहटको गौरबाट उत्तर तर्फ जाँदै गरेको ना २ ज ७१०९ नम्बरको म्याजिक गाडी चन्द्रनिगाहपुर बाट गौरतिर आउँदै गरेको BR 06 DA 7664 नम्बरको मोटरसाईकललाई गौर स्थित दालमिल नजिक ठक्कर दिँदा भारत बिहार मोतीहारी ग्राम बन्जरिया बस्ने अन्दाजी ३५/४० वर्षीय सुशील यादवको प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार अर्को एक जना सामान्य घाइते भएको छ । घाइते १७ वर्षीय नन्टुन कुमार रहेको प्रहरीले जनाएको छ। धादिङ जिल्ला नौबिसे ४ हाल चन्द्रपुर ५ बस्ने म्याजीक चालक ३९ वर्षिय सुनिल राई र गाडी दुवै जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता एलिजा गिरीले जानकारी दिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Sthaniya News
