Breaking News
अर्काको बैंक खाताबाट रकम चोरी गर्ने ३ जना पक्राउ ।

अर्काको बैंक खाताबाट रकम चोरी गर्ने ३ जना पक्राउ ।

रौतहट, पौष १२ गते ।
बिधुतिय माध्यमबाट अर्काको बैंक खाताबाट रकम चोरी गर्ने ३ जना पक्राउ परेका छन । रौतहटको विभिन्न व्यक्तिहरुको अनेकौ बैंकहरुबाट बिधुतिय माध्यमबाट बैंक खाताबाट रकम चोरी गरेको आरोपमा ३ जनालाई जिल्ला प्रहरी कार्यालयको टोलीद्वारा पक्राउ परेका छन ।


पक्राउ पर्नेहरुमा रौतहटको गौर नगरपालिका वडा नं. ४ बस्ने २५ बर्षीय जितेन्द्र गिरी, गौर नगरपालिका वडा नं. ७ बस्ने ३७ बर्षीय दिपेन्द्र कुमार साह, गुजरा नगरपालीका वडा न.६ घर भई हाल चन्द्रपुर नगरपालिका वडा नं.१० बस्ने ४२ बर्षीय राज कुमार साह रहेका छन ।


विगतको आषाढ़ २९ गते देखि गौर नगरपालीका वडा नं.-४ बस्ने जयप्रकाश राय चनौको एन आई सी एसिया र माछापुच्छे बैंक लि. को खाताबाट पटक पटक गरी जम्मा रु.१२ लाख ४६ हजार ४ सय ४० रुपैया, गौर नगरपालीका बड़ा नं.-७ बस्ने मिश्रीलाल साहको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट आषाढ़ २० गते देखी पटक पटक गरी जम्मा रु.पाच लाख रुपैया, गौर नगरपालीका वडा नं.२ महादेवपट्टी बस्ने विजय किशोर झाको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट मिति कार्तिक २९ गतेका दिन रु. असी हजार रुपैया, चन्द्रपुर न.पा. वडा नं.-९ बस्ने कृष्ण प्रसाद तिमल्सिनाको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय चन्द्रनिगाहपुर रौतहटको खाताबाट कार्तिक ३० गते देखी पटक पटक गरी जम्मा रु.६ लाख ११ हजार २ सय ८ रुपैया ५७ पैसा गरी जम्मा रकम रु.२४ लाख ३७ हजार ६ सय ८५ रुपैया ५७ पैसा विभिन्न बिधुतिय माध्यमबाट बैंक खाताबाट रकम चोरी गर्ने समुह अन्तर्गतका यी तिनै जना पक्राउ परेका छन ।
बैंक खाताबाट रकम चोरी गर्ने समुहका व्यक्तिहरु भारतको घोडासहनमा गई विभिन्न काल्पनिक व्यक्तीहरुको नामको किर्ते नागरीकता तथा सवारी चालक अनुमती पत्र बनाई उक्त कागजातहरुबाट सिमकार्डहरु निकाली विभिन्न खल्ती तथा विभिन्न बैंकहरुमा खाता खोली मोवाईल बैंकिङ्ग मार्फत रकम चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरुलाई अनुसन्धान पश्चात अनुसन्धान प्रतिवेदन सहित मिसिल कागजातहरु पौष ११ गते जिल्ला सरकारी वकील कार्यालय रौतहटमा पेश गरीएको छ । अपराधीहरुको समुहबाट केही व्यक्तीहरु भागी फरार रहेको तथा फरार प्रतिवादीहरुको खोजतलास तथा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी गराएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*