रौतहट, पौष १७ गते ।
रौतहटको गौरमा GPL क्रीकेट टुर्नामेन्टको मन्त्री कृष्णा प्रसाद यादवद्वारा उद्घाटन गरिएको छ ।
मधेश प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्री कृष्णा प्रसाद यादवले रौतहटको सदरमुकाम गौर राईसमिलको ग्राउन्डमा गौरीशंकर यादव प्रीमियर लिग क्रीकेट टुर्नामेन्ट(GpL)को उद्घाटन गर्नुभएको छ ।
मंगलबार प्रदेश सान्सद नागेन्द्र साहले बलिङ र मन्त्री यादबले ब्याटिङ् गर्दै जी.पि एल.को उदघाट्न गर्नु भएको हो।
खेलको उदघाटन गर्दै प्रमुख अतिथि मन्त्री यादवले देशलाई बिश्वमा चिनाउन क्रीकेट खेलले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउँदै यस्तो भब्य टुर्नामेन्टको आयोजना गर्ने आयोजक गौरी शंकर फाउन्डेसनलाई विशेष आभार ब्यक्त गर्नुभएको छ ।
फाउन्डेसनका अध्यक्ष मोहन यादबले नगर भित्रको खेलाडीको क्षमतालाई उकास्न आफ्नो बुवा एवं गौर नपाको पुर्व मेयर स्वर्गीय गौरी शंकर यादबको स्मृतिमा यस प्रतियोगिताको आयोजना गरेको बताए।