आरएन पटेल, पौष १८ गते ।
रौतहटको परोहा नगरपालिका-६ मा रहेको श्री आधारभुत विधालय भेडियाहीको दोस्रो तल्ला चारकोठे भवन समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुधवार परोहा नगरपालिकाकि उपप्रमुख सुगान्धी गीरी तथा छाया नेपालको कार्यकारी निर्देशक कमल थापाद्वारा सन्युक्त रूपमा विधालय भवन समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालय भवनको निर्माण कार्य हामा मेंटर एवं साथी जोजेप कार्नेभालीको सम्झनामा कार्नेभाली फाउन्डेसन, परोहा नगरपालिका तथा छा-याँ अष्ट्रियाको आर्थिक सहयोग एवं छा-याँ नेपालको कार्यान्वयनमा भवन निर्माणका सम्पूर्ण कार्य सम्पन्न गरिएको छ ।
५७ लाख ५० हजारको लगतमा निर्माण भएको विद्यालयको दोस्रो तल्ला चार कोठे भवनको कुल लागत ५४ लाख र शौचालय निर्माणमा ३ लाख ५० हजार गरेर जम्मा ५७ लाख ५० हजार रुपैया लगानीमा उक्त विद्यालय भवनको निर्माण कार्य सम्पन्न भएको संस्थाका प्रतिनिधि राजेश साहले बताएका छन । जसमा परोहा नगरपालिका बाट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रु १८ लाख अनुदान र कार्नेभाली फाउंडेशन को छाया नेपाल संयुक्त लगानीमा रु ३९ लाख ५० हजार रहेको बताउनु भएको छ ।

समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्बोधन गर्दै बिधायक प्रत्याशी रामचन्द्र गीरीले परोहा नगरपालिकाले बिगतका दिनमा नपा भरि शिक्षामा पर्याप्त लगानी गरेको अवगत गराउदै आउने दिनहरुमा शिक्षालाई अझ प्रभावकारी बनाउन आफु सक्दो प्रयास गर्ने बताउनु भएको छ । साथै नगर भित्र स्टिडियम हुनु पर्ने, सुकदेव चौक देखि रामपुरखाप ईन्डियाको बोर्डर सम्म बिरुवा लगाएको तथा अरु थप बृक्षारोपन गर्नु पर्ने ठाउँमा बिरुवा लगाउने बताउनु भयो ।
त्यस्तै आफ्नो मन्तव्य राख्दै नपाका प्रमुख प्रशासकीय अधिकृत मो. महफूज अहमदले विद्यालय भवन निर्माण कार्यमा छाया नेपालले खेलेको भूमिका प्रति आभार व्यक्त गर्दै आउने दिनमा यस संस्थाले हाम्रो नपा अन्तर्गतका अझ केहि विद्यालयहरुमा यस्ता कार्यक्रमहरु संचालन गरेर नगरपालिकालाई थप सहयोग गर्न अपेक्षा राखेको बताउनु भएको छ ।

श्री आधारभूत विद्यालय भेड़ियाही को प्र. अ. राजसिंह प्रताप पटेलको अध्यक्षता सम्पन्न समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम संचालन कृष्णा प्रसाद जैसवालले गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि परोहा नगरपालिकाकि उपप्रमुख सुगान्धी गीरी , बिशिस्ट अतिथि छाया नेपालको कार्यकारी अध्यक्ष कमल थापा , बिधायक प्रत्याशी रामचन्द्र गिरी , परोहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत मो. महफुज अहमद ,छाया नेपालका सहायक निर्देशके प्रियांका ठाकुर , अतिथि शिक्षा शाखा प्रमुख सन्तोष पटेल ,नपाका शिक्षा विद सुदामा यादव लगायत बिधार्थी , अभिभावक , सुरक्षाकर्मी , शिक्षक-शिक्षिकाहरुको उपस्थिति रहेकोे थियो ।
Sthaniya News
