Breaking News
बलिदानी दिवसमा रौतहटको दुई सहिद परिवारलाई प्रकाशभाई मधेशियाको तर्फबाट राहत सामग्री सहयोग ।

बलिदानी दिवसमा रौतहटको दुई सहिद परिवारलाई प्रकाशभाई मधेशियाको तर्फबाट राहत सामग्री सहयोग ।

आरएन पटेल, माघ ५ गते २०८० ।

बलिदानी दिवसको अवसरमा रौतहटको दुई सहिद परिवारलाई प्रकाशभाई मधेशियाको तर्फबाट राहत सामग्री सहयोग गरिएको छ । मधेश आन्दोलनमा सहातद प्राप्त भएको वीर सहिदहरु मध्ये रौतहटका दुई सहिद परिवारलाई जिल्लाको फतुवा विजयपुर नगरपालिका टेंग्रहा स्थायी घर भएका हाल अमेरिका बस्ने युवा नेता प्रकाशभाई मधेशियाले राहत सामाग्री सहयोग गरेका छन ।


मधेस आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते आजकै दिन सिरहाको लहानमा स्थानीय रमेश महतोले सहादत दिएको सम्झनामा मधेस केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रुपमा मनाउँछन्।

विसं २०६२/०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा सङ्घीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन गरिएको थियो।
मधेशी समुदायको हक अधिकारको लागि गरिएको मधेस आन्दोलनको समयमा मधेस प्रदेशको रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नं ४ महुलिया निवासी महिन्द्र ठाकुरको छोरा राजकिशोर ठाकुर र राजपुर नगरपालिकाको बलुवा निवासी शेख मैनुदिन मृत्युवरण गरेका ‘सहिद’ का परिवारलाई आज युवा नेता प्रकाश भाइ मधेशियाले मधेश आन्दोलनका शहीद लगायत ज्ञात अज्ञात शहीदहरुको सम्झनामा आजकै दिन मनाईने बलिदनी दिवसको शुभ अवसरमा सम्पूर्ण क्रान्तिकारी योद्वाहरुप्रति हार्दिक संवेदना प्रकट गर्दै सहयोग स्वरूप राहत सामग्री उपलब्ध गराएका हुन ।


मधेशी सहिद महुलिया निवास राजकिशोर ठाकुर र बलुवा निवासी शेख मैनुदिनको घरमा पुगेर उनका सहयोगी साथीहरुको टोली लगायत पत्रकारहरुको सहयोगले चामल २/२ बोरा, दाल-५ कि.लो, करुतेल- ५ लिटर आलु-१० कि.लो एउटा ब्ल्याणकेट आदि सामग्रिहरु हस्तान्तरण गरिएको हो । प्रत्येक वर्ष झैं यस वर्ष पनि उक्त सहिद परिवारलाई सम्मान स्वरूप राहत सामग्रीहरु सहयोग गरिएको उनका सहयोगी राजु पटेलले बताए |


संघियता स्थापनार्थ लगायत उत्पिडित वर्ग र समुदायका अधिकारका लागि तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका राष्ट्रिय अध्यक्ष मा. उपेन्द्र यादवको नेतृत्वमा घोषणा गरिएका मधेश आन्दोलनका परिणामस्वरूप मधेशले पहिचान पाएका वैधानिक ब्यवस्था रहेको उनले बताए ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*