Breaking News
वृन्दावनका नगर प्रमुख कुर्मीले प्रमुख प्रशासकीय अधिकृत रञ्जय पटेललाई गरे स्वागत ।

वृन्दावनका नगर प्रमुख कुर्मीले प्रमुख प्रशासकीय अधिकृत रञ्जय पटेललाई गरे स्वागत ।

आरएन पटेल

रौतहट, माघ ४ गते ।
रौतहटको वृन्दावन नपाका मेयर कुर्मीले प्रमुख प्रशासकीय अधिकृत रञ्जय पटेललाई स्वागत गरेका छन । नगरपालिकामा बिहीबार नयाँ कार्यालय प्रमुखको रुपमा हाजिर भएका पटेललाई नगर प्रमुख बिनोद प्रसाद कुर्मीले माला टिका लगाई स्वागत गरेका हुन ।


लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको वृन्दावन नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर शाखा अधिकृत रन्जय पटेललाई पठाएको हो । पटे‍ललाई नगर प्रमुख विनोद प्रसाद कुर्मीले हाजिर गराएका हुन् ।

कार्यालय प्रमुख पटेललाई हाजिर गराएपछि सम्बोधन गर्दै मेयर कुर्मीले रोकिएको कार्यहरू द्रुत गतिमा अगाडि बढ्ने विश्वासका साथ कार्यालय प्रमुख नभएको अवस्थामा प्रभावित भएका प्रशासनिक कार्य, विकास निर्माणको कार्य अब सुचारु हुने बताए । नगरपालिकाको विकासका लागि निर्वाचित जनप्रतिनिधिले एक अर्कासँग हातोमाले गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

प्रमुख प्रशासकीय अधिकृत पटेलले जनताको सेवाको लागि कानूनले दिएको अधिकार प्रयोग गर्दै पारदर्शी रुपमा सेवा प्रवाह गर्ने प्रतिब्द्धता जनाए ।


स्वागत कार्यक्रममा कार्यालयका-जिन्सी तथा स्वास्थ्य शाखा प्रमुख एवम् पुर्व नि.प्रमुख प्रसासकिय अधिकृत रासनरायण पटेल, विभिन्न वडाका अध्यक्षहरु रामनाथ सहनी, हरिनारायण साह, फेकु दास, मजहर मन्सुर, रवीन्द्र साह, प्रवेज आलम, जगरनाथ भेडिहर तथा कार्यपालिका सदस्य राजेश पासवान, कोशिला देवी, पुनम देवी, लालपारी देवी, रामबाबु साह लगायत नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*