Breaking News
पुर्व मे.सु. कृष्ण साह अदालतको निर्णयको अवज्ञा गर्दै निरन्तर हाजिरी गर्दै ।

पुर्व मे.सु. कृष्ण साह अदालतको निर्णयको अवज्ञा गर्दै निरन्तर हाजिरी गर्दै ।

रौतहट, माघ ०९ गते ।
प्रादेशिक अस्पताल गौरका पुर्व मे.सु कृष्ण साह अदालतको निर्णयको अवज्ञा गर्दै निरंतर रुपमा अस्पतालमा हाजिरी गर्दै आएको देखिएको छ।
बितेको कार्तिक १४ गते मितिमा अदालतले जारी गरेको अन्तरिम आदेश अन्तर्गतका दुबै पक्षलाई रोहवरमा राखी छलफल गरी निष्कर्षमा पुग्न उपयुक्त देखिएको बताइएको छ । निर्णयमा निवेदक र विपक्षी बिच कार्तिक २० गते छलफलको मिति तोकिएको थियो । तोकिएको मितिमा छलफल भै अर्को निर्णय नहुन्जेलसम्म सुविधा र सन्तुलनको आधारमा मिति २०८०/६/३० मा मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट यी निवेदक र विपक्षी डा. कृष्ण साहलाई कामकाज गर्न खटाउने गरि भएको निर्णय कार्यान्वयन नगर्न नगराउन भनी विपक्षीहरुको नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिएको थियो । सोको जानकारी विपक्षी डा. साहलाई समेत गराएको हुदा पनि अदालतको निर्णयको अवज्ञा गर्दै अस्पतालमा हाजिरी गर्दै आएको देखिएको छ ।
पूर्व मे. सु. डा. कृष्ण साह ठुल ठुला राजनीतिकर्मिहरुसंगको पहुच तथा राजनीतिक चलखेलका कारण अदालतको निर्णय विपरीत कार्य गर्न साहश गरेको प्रादेशिक अस्पताल गौर रौतहटका व्यवस्थापन समितिका अध्यक्ष मो.अनवर हाशमीले आरोप लगाएका छन ।


दुई मे.सु. बिचको विवादका कारण अस्पताल लगायत कार्यरत कर्मचारीहरुले खेपनु पर्ने समस्या लगायत सेवा लिने आम सर्वसाधारण जनसमुदायलाई कठिनाई भोगनु पर्ने कारण एक मात्र मे. सु. कृष्ण साह रहेको अध्यक्ष मो.हाशमीले बताए ।
यही पौष १८ गते उच्च अदालत जनकपुर, अस्थायी इजलास बीरगंजका न्यायाधीश श्री दुर्गा बहादुर विश्वकर्मा तथा न्यायाधीश श्री हरिश्चन्द्र ढुङ्गानाको संयुक्त इजलासबाट अन्तरिम आदेशको लागी पेश भएकोमा विपक्षीहरुको लिखित जवाफ परिसकेको देखिदा पूर्ण सुनुवाईको लागी पेश गर्नु साथै पुर्ण सुनुवाई भई फैसला नभए सम्म यस अदालतको एकल इजलासबाट मिति २०८०/०७/१४ मा भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको निर्णय उल्लेख गरिएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*