रामानन्द साह।
रौतहट,माघ ८ गते
आज आफ्नो जन्मदिनको अवसरमा रौतहट जिल्लाको गरुडा नपा ४ स्थित रहेको बंशिराम जयसवाल अनाथालयमा २५ जना टुहुरा बालबालिका जसको आमाबाबु यो संसारमा अनाथालय बाहेक अरू कोही नभएको स-साना बाबुहरूसँग खुशी सट्टासट्टा गर्न सौभाग्य प्राप्त भएको गरेको छ।

देवाहिगाेनाही नपा वडा नं ७ उचिडिह टोल निवासी युवा नेता नेकपा एमालेका राैतहट प्रचार बिभाग प्रमुख रूपेश कुमार पटेलले आफ्नो जन्दिनकाे अवसरमा अनाथ बालबालिकाहरू खाना खुवाउनु का साथै उहाँहरूको लागि केही गर्न त सकेको छैन, मात्र एकछिन सबैलाई खुशी पार्न सानो प्रयास स्वरूप चिउरा ,चकलेट, सेम्फु, ब्रश, पेष्ट , बिस्कुट लगायत खाद्यान्न सामाग्री ८ हजार ३ सय ६० रूपैयाँकाे खानेकुरा टुहुरा बालबालिकाहरूको जीवनमा केही पल राम्रोसँग खाना खान पाइयो भने उदेश्य रहेकाेले ठूलठूला महँगो होटेलमा केक न काटि आज साेमबारका दिन एक कार्यक्रमका बिच अनाथालयमा पुगेर टुहुरा बाबुहरूको अनुहारमा अलिकति भएपनि खुशी ल्याउने प्रयासको साथ युवा नेता पटेलले ती सामाग्रीहरू आफै पुगेर अनाथालयका अध्यक्ष कृष्ण कुमार सिंहलाई हस्तान्तरण गरेका हुन ।

साथै खाना खुवाउनका लागी ६ हजार रूपैयाँ सहयाेग गरेको युवा नेता पटेलले जनाएका हन।
साथै सबै टुहुरा बालबालिकाहरू र सहयोगी साथीहरू काे साथमा अनाथालयमा केक काटेर जन्मदिन मनाएका हुन।
टुहुरा बालबालिकाहरू संग जन्मदिन मनाए र आफ्नै हाथबाट पहिला ति टुहुरा बालबालिकाहरू लाई खुवाएर त्यस पश्चात आफै खानु धेरै मयालु मान्छे रहेकोले संस्थाका अध्यक्ष सिंहले युवा नेता पटेललाई धन्यवाद ज्ञापन समेत गरेका हुन।
साे अवसरमा नेकपा एमालेका नेता रामजी साह, संताेष साह, लगाएतका ब्यक्तिहरूकाे सहभागीता रहेका थियाे।
Sthaniya News
