आरएन पटेल
रौतहट, माघ ११ गते २०८० ।
जिल्लाको अन्य स्कूल भन्दा हिमालयन पब्लिक स्कुल सुकदेव चौकमा फरक किसिमले अध्यापन हुने गरेको देखिएको छ । रौतहटको ग्रामिण क्षेत्रमा रहेको सुकदेव चोक स्थित हिमालयन पब्लिक बोर्डिङग् स्कुलमा काठमाडौं, विरगंज, हेटौडा, भरतपुर, जनकपुरको पढाई हुने गरेको कुरा गर्दा धेरैलाई आश्चर्य लाग्न सक्छ तर यो कुरा यथार्त र साचो हो ।


आफनै गाउँ ठाउमा रहेको बोर्डिङग् स्कुलमा जति राम्रो पढाई हुने गरेको भएपनि यहाँको पढाईमाथी विश्वास नगरी बाहिरको स्कुलमा जति नराम्रो पढाइ भएपनि त्यही पढाउने मानसिकता अझै हटन सकेको छैन ।
रौतहटका बोर्डिङग् स्कुलमा बालबालिकालाई पढाए भविष्य नै खराव हुने भन्दै यहाँका अभिभावकहरु आ–आफना बालिबालिकालाई राम्रो शिक्षाका लागि काठमाडौं, विरगंज, हेटौरा, भरतपुर, जनकपुर लगाएतका शहरमा पढाउन पठाउने गरेका छन् ।
रौतहटमा अग्रेंजी माध्यममा पढाउने राम्रो निजी विद्यालय नभएको भन्दै आफना बालबालिका तथा सन्ततीको उज्वल्ल भविष्य बनाउन भन्दै जिल्लाका अधिकांश अभिभावकहरुले आ–आफना छोरा छोरीलाई नजिकका स्कुलमा नपढाई जिल्ला भन्दा बाहिरका विद्यालयमा अध्यापन गराउन पठाउने होडबाजी नै चलेको छ ।
बाहिरको विद्यालयमा महंगो शुल्क तिरेर पढाउने अभिभावकहरु आफनै गाउँ ठाउँ नजिकका विद्यालयमा राम्रो पढाई हुने गरेको भएपनि आ–आफना छोरा छोरीलाई पढाउन मान्दैनन । आफनै गाउँ ठाउँका निजी विद्यालयमाथी विश्वास गर्न नसक्दा अभिभावकहरु बाहिरको स्कुलमा महंगो शुल्क तिरेर बालबालिकालाई पढाउन बाध्य छन् ।
रौतहटको यमुनामाई गाउँपालिका वडा नं. १ सुकदेव चोकमा रहेको हिमालयन पब्लिक बोर्डिङग् स्कुल ग्रामिण क्षेत्रमा भएपनि त्यहाँ अग्रेंजी माध्यममा राम्रो पढाई हुने गरेको पाइएको छ । कक्षा १० सम्म पढाई हुने हिमालयन पब्लिक बोर्डिङग् स्कुलमा ३४ जना शिक्षक शिक्षिका अध्यापन गराउने गरेका छन् । सो विद्यालयमा कुल ९ सय जति विद्यार्थी अध्ययनरत रहेका छन् ।


जिल्लाको अन्य विद्यालय भन्दा हिमालयन पब्लिक बोर्डिङग् स्कुल सुकदेव चोकमा फरक किसिमले अध्यापन गराउने गरिएको प्रिन्सिपल हरेन्द्र यादवले बताएका छन् ।
विद्यार्थीलाई शान्त, मनोरम र भयरहित वातावरणमा अध्ययन अध्याापन गराउन विशेष छुट सहित सुविधा सम्पन्न प्रर्याप्त कक्षा कोठाको व्यवस्था गरिएको प्रिन्सिपल यादवले बताए ।

विद्यार्थीलाई टयालेन्ट बनाउन तथा देशको कुनै कुनामा गएर ईंगलिस टु ईंगसिलमा बोल्न सक्ने खालको शिक्षा प्रदान गर्न दक्ष र अनुभवि शिक्षक शिक्षिकाद्धारा अध्ययन अध्यापन गराउने गरेको उनले बताए ।
दक्ष तथा क्षमतावान शिक्षक शिक्षिकाहरुद्वारा अध्ययन अध्यापन गराउने हुदा आफना विद्यालयमा नाम एडमिसन गराएको केहि दिन भित्रमै बालबालिका ईंगलिस टु ईंगसिलमा कुरा गर्न सक्ने र लेख्न सक्ने उनले दावी गर्दै विद्यालयमा अध्ययन गर्ने सबैजसो विद्यार्थीहरु ईंगलिस राम्ररी बोल्ने र लेख्ने गरेको उनले बताए ।
राम्रो अध्यापन गराउने गरेकै कारणले गर्दा टाढा टाढाबाट विद्यार्थीहरु आफना विद्यालयमा पढन आउने गरेको उनले बताए । जिल्लाको वृन्दावन, गरुडा, गढिमाई, माधवनारयण, यमुनामाई, दुर्गाभगवति, देवाही गोनाही, परोहा लगाएत पालिकाको गरी ६२ वटा गाउँका विद्यार्थीहरु अध्ययन गर्न आफना विद्यालयमा आउने गरेको उनले बताए ।
विद्यार्थीहरुर्ला पढन आउन जान सजिलो होस भन्ने उद्देश्यले गाउँ गाउँमा यातायातको सुविधा उपलब्ध गराएकोले विद्यार्थीहरुको संख्या वर्षेनी बढने गरेको उनले बताए ।
बाहिरका विद्यार्थीहरुलाई बस्नका लागि होस्टलको समेत व्यवस्था गरेको बताउँदै उनले होस्टलमा रौतहटको गौर, चन्द्रनिगाहपुर लगाएत ठाउँ सहित बारा, पर्सा, सर्लाहीका विद्यार्थीहरु बसेर पढने गरेको उनले बताए ।
विद्यार्थीबाट अन्य विद्यालयभन्दा कम शुल्क लिने गरेको र कम शुल्कमा पनि सेवा सुविधा बढी उपलब्ध गराउने गरेको उनले सुनाए । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु काठमाडौं, विरगंज, हेटौडा लगाएत ठाउँमा गएर पढन नसक्ने अवस्था रहेको हुँदा त्यस्ता विद्यार्थीलाई मध्य नजर गर्दै शहरको पढाई अब आफनै गाउँ ठाउँमा गराउने उद्देश्यले आफुले जिल्लाकै ग्रामिण क्षेत्रमा स्कुल सञ्चालन गरेको उनले बताए ।
बाहिर पढदा बढी पैसा खर्च हुने र आफना गाउँ ठाउँका विद्यालयमा पढदा निकै कम खर्च लाग्ने र पढाई पनि राम्रो हुने भएको हुँदा आ–आफना बालबालिकालाई हिमालयन पब्लिक बोर्डिङग् स्कुल सुकदेव चोकमा पढाउन उनले सुझाव दिए ।

मनोवैज्ञानिक तरिकाले अध्यापन गराउने अर्थात विद्यार्थीले जसरी बुझछ र सिक्छ त्यसरी नै आफुहरुले बुझाउने तथा सिकाउने गरेको उनले बताए । विद्यालयमा प्रर्याप्त कक्षा कोठा र मैदानको व्यवस्था रहेको छ भने कार्यक्रम गर्न स्टेजको समेत व्यवस्था गरिएको छ ।
आफुले विद्यार्थीलाई गुणस्तरीय शिक्षा हासिल गराउन कुनै कसर बाँकी नराख्ने गरेको उनले बताए । उनले भने, “राम्रो ज्ञान हासिल गर्नु छ भने डटेर अध्ययनको साधनामा लाग्नु पर्दछ । सानो–तिनो ज्ञान प्राप्तिले समाजलाई बदल्न असम्भव नै हुन्छ ।”
राम्रो शिक्षा वा ज्ञान प्राप्त गर्न पढ्दै, लेख्दै गरी विषयलाई बुझ्ने प्रयत्न गर्दा त्यो शिक्षा दीर्घकालीन रहन्छ भने उनको भनाई रहेकोछ । भविष्यमा समाजको परिवर्तन र विकासमा उल्लेखनीय योगदान पुर्याउनु छ भने असल शिक्षा लिन अभिरूचि, लगाव र झुकाव हुनुपर्दछ । विद्यार्थीहरुलाई पाठ्यक्रममा मात्र लगाम लगाउनुको साटो उनीहरुको ब्यवहार, सोचाई, स्वभाव र सृजनात्मकतामा सकारात्मक परिवर्तन ल्याइ जीवन उपयोगी नैतिक र व्यावसायिक शिक्षा दिनुनै गुणस्तरीय शिक्षा हो भन्ने कुरा भन्न सकिन्छ ।
तर, नेपालको परिप्रेक्षमा हेर्ने हो भने यहाँका अधिकांश विद्यालयहरुबाट दिइने शिक्षा गुणस्तरी छ भन्ने अवस्था छैन । असल शिक्षा एउटा प्रतिस्पर्धाको परीक्षा हो । जो जहाँ कहीँ नमिल्न सक्छ । त्यसैले आफ्नो क्षमतालाई बुझेर दक्ष ज्ञान हासिल गर्न लागि पर्नु पर्दछ ।
शिक्षाले समाजमा शान्त,सद्भाव कायम गर्न, गरिबीलाई हटाउन, जातीय विभेदलाई कम गर्न, सुशासन ल्याउन, विकृति र विसंगतिलाई हटाउन र आफ्ना अधिकारका बारेमा जागरूक गराउन मद्दत गर्दछ ।

शिक्षा अपेक्षित परिणाम प्राप्त गर्नु र जागिर खानलाई मात्रै नभई सबै मानव जातिलाई सक्षम बनाउन, कुनै चीजमा सक्षमता हासिल गर्न र मानवको कल्याणका लागि पनि हो । शिक्षा व्यक्ति र समाजको बृहत्तर हित, सुख र खुसी जीवनका लागि अनिवार्य हो ।
असल शिक्षा र ज्ञान व्यक्ति वा समाजको विकासका लागि आवश्यक छ । असल शिक्षा र ज्ञानको माध्यमबाट एउटा व्यक्तिलाई गुणी बनाउनु भनेको समाज विकासका लागि असल पृष्ठभूमि तयार गर्नु हो ।
समग्रमा भन्नुपर्दा हाम्रो शिक्षा व्यक्तिको विकासका साथसाथै समाजको उन्नति , प्रगति , परिवर्तन र विकाससँग जोडिएको हुनुपर्दछ । शिक्षाबाट व्यक्तिको व्यक्तित्व, समाज र राष्ट्रको आवश्यकतालाई पूर्ण गर्न सक्ने ज्ञान प्रदान गराउनु पर्दछ । व्यक्तिको विकास र मानसिक विकास प्रदान गर्दै राम्रो र कुशल जीवनका लागि गुणस्तरीय शिक्षा आवश्यक पर्दछ । गुणस्तरीय शिक्षा त्यो शक्ति हो , जसले खराब शक्तिबाट टाढा गर्न र आत्मनिर्भर बनाउन अवसरहरू प्रदान गर्दछ ।
“गुणस्तरीय शिक्षा नै समाज समृद्धिको मेरुदण्ड हो ।” असल शिक्षा व्यक्तिलाई आन्तरिक र बाहिरी तागत प्रदान गर्ने सबैभन्दा महत्वपूर्ण यन्त्र हो । त्यसैले आजको समयमा गुणस्तरीय शिक्षा अपरिहार्य रहेको देखिन्छ ।
Sthaniya News
