Breaking News
आन्दोलनरत पक्ष संग बार्ता गर्न तयार छु :- मेयर जयसवाल

आन्दोलनरत पक्ष संग बार्ता गर्न तयार छु :- मेयर जयसवाल

चन्दन कुमार महतो, माघ १५ गते ।

रौतहट जिल्लाको गरुडा नगरपालिकामा लगाइएको ताला अहिले सम्म खुलेका छैन! गएको पुस २० गतेका दिन बिभिन्न माग राख्दै उपप्रमुख पुनम चौधरीको नेतृत्बमा कार्यालयमा लगाइएको ताला 25 दिन बितिसक्दा पनि यथावत नै रहेको हो!
मुख्य गेटमा ताला लगाएर धर्ना बसेको कारण नगरपालिका बाट प्रबाह हुने सेवा प्रभावित भएका छन्! नगरपालिकाको आन्तरिक प्रशासनिक कार्य प्रभावित हुनुको साथै विकास निर्माणका योजनाहरू समेत प्रभावित भएको हो!

आन्दोलनमा बसेका वडा अध्यक्ष कृष्णन्दन सहनीले बोर्डको बैठक बसाए पछि कार्यालयमा लगाइएको ताला खोल्ने बताएका छन्! कार्यपालिका बैठक बाट हिउदे नगर अधिबेशन, विकास निर्माणका बजेट बाटफाट, कृषि, शिक्षा, तथा बिधुत महसुल छुट, कर्मचारीको तलब भुक्तानी, परिषदको निर्णय, ठोस योजना लगायतका बिषयमा पहिला बोर्डको बैठकमा लिखित निर्णय हुनु पर्ने अडान आन्दोलनकारीहरुको रहेको छ!

आन्दोलनरत पक्ष संग छलफल गर्न र उठाएको माग सम्बोधन गर्न तयार रहेको नगर प्रमुख कन्थमनि जयसवालले बताएका छन्! नगर प्रमुख जयसवालले भने हामीले बार्ता गर्न प्रयास गरेका छौ हद सम्म लचकता अपनाएकै छु, जसरि भएपनि कार्यालय संचालन हुनु पर्छ! जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको रोहवरमा छलफल हुदा ५ वटा बुंदा पालना गर्न आफु तयार भएपनि आन्दोलनकारी पक्ष तयार नभएको जानकारी दिए!
आन्दोलनरत पक्ष र नगरप्रमुखको भनाइ मिल्दो जुल्दो देखिए पनि अबिश्वासको कारण दुवै पक्षमा विवाद रहेको बुझिएको छ! राजनीतिक कारण नगरपालिकालाइ बन्धक बनाउनु आम नागरिकको अधिकारको उलङ्घन गर्ने कार्य भएकोले नगरबासीको भाबना, मर्मलाइ ख्याल गर्दै समय मै समस्या समाधान गर्नु जरुरी रहेको छ!
आन्दोलनमा बसेका उपप्रमुख, वडा अध्यक्ष र कार्यपालिका सदस्यको माग सम्बोधन गर्न कार्य पालिकाको बैठक नै मुख्य एजेन्डाको रुपमा अगाडी रहेकोले नगर प्रमुख जयसवालले कार्यपालिकाको बैठक बोलाएर छलफल गर्दा विवाद समाधान हुने भएकोले यस तर्फ मेयरलाइ सोच्नु पर्ने आवश्यक देखिन्छ! लामो समय सम्म विवाद कायम रहे कार्यालयको दैनिकी कारोवार समेत प्रभावित हुने हुदा मेयरलाइ छिटै समाधान तर्फ पहल गर्नु जरुरी रहेको छ!

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*