Breaking News
एक दिने क्षमता निर्माण र प्रामाणिकरण कार्यशाला कार्यक्रम गौरमा सम्पन्न ।

एक दिने क्षमता निर्माण र प्रामाणिकरण कार्यशाला कार्यक्रम गौरमा सम्पन्न ।

मेवालाल यादव
रौतहट, माघ १७ गते ।
भि.एस.ओ. आर्थिक सहयोग र आसमान नेपालद्वारा संचालित ( GEMS) पालिका शिक्षाको दिगोपन र मुल प्रवाहिकरणका लागि शक्तिकारण परियोजना अन्तर्गत आज प्रादेशिक अस्पताल गौरमा अस्पताल आकास्मिक , तयारी योजना , स्वास्थ्य लचिलोपन , आपतकालीन तयारी योजनाको एक दिने क्षमता निर्माण र प्रमाणिकरण कार्याशाला कार्यक्रम प्रादेशिक अस्पताल गौरमा सम्पन्न भएको छ ।आसमान नेपालको रौतहट जिल्ला संयोजक सन्जय कुमार यादवको अध्यक्षयता र विश्वमणी खानालले सो कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
स्वस्थ्य संस्थाको सेवासुबिधा सम्बन्धि स्वास्थ्य संस्था, नगरपालिका , वडा कार्यालय , तथा सेवाग्राही बीच क्षमता निर्माण र प्रामाणिकरण कार्यासाला कार्यक्रम प्रादेशिक अस्पताल गौरको सभाहलमा सम्पन्न भएको हो।भि .एस . ओ.को आर्थिक सहयोग र आसमान नेपालको आयोजनामा प्रादेशिक अस्पताल गौरको सहकार्यमा कार्यक्रम सम्पन्न भएको छ ।

रौतहट जिल्लाको प्रत्येक नगरपालिकाको हरेक वडामा स्वास्थ्य सेवाग्राही, सम्बन्धि स्थानीय , जनप्रतिनिधि , स्वास्थकर्मी बीच क्षमता निर्माण र प्रमाणिकरण कार्यासाला कार्यक्रम हुने भएको हो।

स्वास्थ्य सेवा सुबिधा लिनेहरु संग नगरपालिकाले दिएको सेवा सम्बन्धि अन्तर सम्वाद गर्दै आएको प्रश्नहरुको जवाफ सम्बन्धि संस्थाबाट आएको कार्मचारीले प्रादेशिक अस्पताल गौरको सभाहलमा जवाफ दिदै सो समस्या आउदो दिनमा नदोहोरिने गरि सम्बन्धि निकायसंग समन्वय गरिने आसमान नेपालको रौतहट जिल्ला संयोजक सन्जय कुमार यादवले बताए ।सो कार्यक्रममा असमान नेपालको मन्जु ठाकुर , भि .एस . ओ. आरती पटेल , प्रादेशिक अस्पतालका सम्पुर्ण स्वास्थकर्मी , जनप्रतिनिधि , स्थानीय , पत्रकार लगायत विभिन्न भद्रभलादमिको उपस्थिती रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*