Breaking News
फतुवा बिजयपुर नगरपालिकाको सातौं नगर सभाबाट करिब ४८ करोडको बजेट प्रस्तुत ।

फतुवा बिजयपुर नगरपालिकाको सातौं नगर सभाबाट करिब ४८ करोडको बजेट प्रस्तुत ।

रौतहट , फाल्गुन ०३ गते ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाले सातौं नगर सभाबाट पालिकाको नीति तथा योजना, आय/व्याय प्रस्तुत गरेको छ । जनप्रतिनिधिहरुबीच आपसी विवादलगायतका कारणले फतुवा विजयपुर नगरपालिकाले समयमा नै बजेट प्रस्तुत गर्न सकेको थिएन । लामो समयपछि जनप्रतिनिधिहरुबीच भएको सहमतिअनुसार बिहीबार पालिकाले नगर सभा गरेको हो ।

नगर सभामा चालु आर्थिक वर्ष २०८०/०८१ को आय विवरण प्रस्तुत गरिएको थियो । नगर सभामा प्रस्तुत भएको आयमा संघीय वित्तीय समानीकरण अनुदानमा अनुमानित आय ११ करोड १० लाख, प्रदेश वित्तीय समानीकरण अनुदान ८० लाख ६२ हजार, संघीय राजस्व बाँडफाँटमा ९ करोड ८२ लाख १४ हजार २ सय रहेको छ । यसैगरी प्रदेश राजस्व बाँडफाँटतर्फ २५ लाख, संघीय सशर्त अनुदान चालुतर्फ १९ करोड १६ लाख १२ हजार, संघीय सशर्त अनुदान पुँजिगततर्फ २ करोड १५ लाख, प्रदेश सशर्त अनुदान ८० लाख, प्रदेश समपुरक अनुदान २० लाख, प्रदेश विशेष अनुदान ३० लाख, नदीजन्य पदार्थ बिक्री वितरण १ करोड ५० लाख, मालपोत रजिष्ट्रशन शुल्क बाँडफाँटबाट प्राप्त १ करोड २० लाख, नगरपालिकास्तरीय मालपोत सिफारिस दस्तुर ३० लाख र सडक बोर्ड ४७ लाख गरी कूल ४८ करोड ५ लाख ८८ हजार २ सय आय अनुमान गरिएको छ ।

नगरपालिकाले महिला, बालबालिका, किशोर, किशोरी, ज्येष्ठ नागरिक, अपांगता तथा समाज कल्याण, समाजिक विकास, सुरक्षा तथा संरक्षण, कृषि तथा पशु उद्यमशीलता तथा प्रवर्द्धन, उद्योग तथा व्यापार, पर्यटन, सार्वजनिक निजी साझेदारी, समाजिक विकास, स्वास्थ्य तथा पोषणलगायतका नीति लिएको छ । नगर सभाले शिक्षा, स्वास्थ्य, कृषि, पशुलगायतका क्षेत्रलाई विशेष प्रथामिकता दिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहहरुले असार १० गतेभित्र नगर सभा–गाउँ सभामा बजेट पेस गरिसक्नुपर्ने प्रावधान छ । असार १० गते सभामा पेस गरेको बजेट १५ दिनभित्र अर्थात असार २५ गतेभित्र पारित गरिसक्नुपर्ने हुन्छ । नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्वया खातुनले ढिला गरी भएपनि नगर सभा गरिएको जानकारी दिइन् । इमन्दारिता र आर्थिक पारदर्शीताका आधारमा काम अगाडि बढाइएको भन्दै सबै पक्षको सकारात्मक सहयोगको आपेक्षा राखेको उनले बताइन् ।
कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, कर्मचारी तथा पत्रकारको उपस्थिति रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*