रूपेश यादव, फाल्गुन ४ गते।
बारा जिल्लाको बारा गढिगाँउपालिकाले हिउँदे गाउँ सभा आज (शुक्रबार) सम्पन्न गरेको छ । बारा गढिगाउँपालिकाको कार्यालय खाेपवा बाराका सभाहलमा एक कार्यक्रमको बिच आ/ब २०८०/०८१ को हिउँदे गाउँसभा सम्पन्न गरेको हो ।

राष्ट्रिय गानबाट सुरू भएको कार्यक्रममा ज्ञात अज्ञातहरू प्रति एक मिनेट माैन धारण समेत गरेको थियाे ।
बुधबार आ/ब २०८०/८१ का हिउँदे गाउँसभा सम्बोधन कार्यक्रमकाे सभाअध्यक्ष अशाेक जैसवालले गाउँपालिकाको कामकाज अगाडी बढाउने उदेश्यले आफुले हिउँदे गाउँसभाकाे आयोजन गरेको बताए।
जनताले प्रदान गरेको मैनडेड अनुसार नै आफू अगाडी बढिरहेको बताए । उनले भने,कार्यपालिका बोर्डको सहमतीले नै कामहरु बढन सक्छ । सबै कार्यपालिका सदस्यहरुको अधिकार सामानरहेको बताए ।
जनताको सुख सुविधाको लागि आफू लडन तयार रहेको प्रष्ट पारे । अहिले जुन गाउँपालिकालाइ बिथोल्ने काम भइरहेको छ ,त्यो गलत रहेको उनको भनाइ रहेको थियो।
यदि आफनो दायित्व,कर्तव्य जनताको प्रति इमान्दारी गरिरहेको छ भने कसैले पनि गलत भन्न नसक्ने ठोकुवा गरेका हुन् ।
कार्यक्रममा बिशिस्ट अतिथिका रूपमा प्रमुख प्रशासकीय अधिकृत सुनिलप्रसाद केशरीले आफ्नो मन्तबय राखेको थियोे ।
कार्यक्रम संचालन रन्जित कुमार साहले गरेको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष जयसवालले बाेल्दै याे कार्यक्रम भनेकाे हामी लगभग दाेस्राे बर्षकाे अन्तिममा छु तर हामीले दुई बर्षकाे अन्तरालमा जानता संग गरेर आएको जुन वाचाहरूमा हामि खाडा भएर देखाएका छाै आज बारागढिकाे जानता पुरै बारागढिमा उभिएको छ।
बारागढिकाे सन्दर्भमा आज पुरै बारा जिल्लामा चर्चाकाे बिषय बनेको छ।
बारागढिमा सराहनीय काम भईरहेकाे छ किन कि त्याहाका काम गर्ने प्रतिनिधिहरू र त्याहाका कर्मचारीहरू मिलेर काम गरिरहेका छन। याे एउटा सराहनीय न्युज बनेको छ बारा जिल्लामा। मैले भर्खर नेपाल बिधुत प्राधिकरणका प्रमुख कुलमान घिसिङ संग मिलेर बारागढिकाे बारेमा छलफल गरेर आएको र बिधुत , खानेपानी र साेलारका समस्या बाट चाडै मुक्त हुने वहाले बताउनु भयाृ।।
हिउँदे गाउँसभाकाे बजेट प्रस्तुत :- आर्थिक बर्ष २०७९/८०काे खर्चभई बाकी रहेको रकम जम्मा २५७,५१९०७ जस मध्ये चालु खर्च ५७ लाख ५१ हजार ९सय सात मात्र र पुजीगत बजेट रकम २ कराेड रहेको छ।
वडा बजेट सिलिंग वडा नं एकमा ८ लाख, दुईमा ५ लाख, तिनमा ८लाख,चारमा ८ लाख, पाँचमा ८ लाख, छाैमा ५ लाख रहेको छ।
त्यसतै मेसिनरी आैजार :- २५ लाख ,समपुरक काेष ४५ लाख, गत आबकाे भुक्तानी बढि २५ लाख ।
बढि रकम गा.पा स्तरीय रहेक साथै बिभिन्न शाखा र वडा र गा.पाकाे याेजनाहरू थप तथा संशोधन गरिएको रहेको छ।
उक्त कार्यक्रममा वडा अध्यक्षहरू कार्यपालिका सदस्यहरू वडा सदस्यहरू गाउँपालिका शाखाका कर्मचारीहरू प्रहरी र संचारकर्मिहरूकाे समेत उपस्थिती रहेको हरिनारायण साहले जानकारी गराएका हुन।
Sthaniya News
