Breaking News
स्वास्थ्य कार्यालय राैतहटद्वारा देवाही गाेनाही शाखा प्रमुख यादवलाई श्रद्धाञ्जली अर्पण ।

स्वास्थ्य कार्यालय राैतहटद्वारा देवाही गाेनाही शाखा प्रमुख यादवलाई श्रद्धाञ्जली अर्पण ।

रौतहट,फाल्गुन ९ गते ।
देवाही गोनाही नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मनोज यादवको मंगलबार राति हृदयघात भई निधन भएकोमा स्वास्थ्य कार्यालय राैतहटले श्रदाञ्जली व्यक्त गरेका छन ।
स्वास्थ्य कार्यालय राैतहटको आयोजनामा जिल्ला समन्वय समिति राैतहटका प्रमुख राम अयाेध्या यादवकाे अध्यक्षतामा सियापैलेस गाैरमा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख यादवको निधन भएकोमा एक कार्यक्रम बिच श्रदाञ्जली व्यक्त गरिएको हो ।
देवाही गोनाही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यादवका मृत आत्माको चिर शान्तिका लागि कामना सहित एक मिनट माैन धारण गरि श्रदाञ्जली अर्पन गरेका छन। साे कार्यक्रममा राैतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, स्वास्थ्य कार्यालय प्रमुख विपिन कुमार साह ,नेपाल रेडक्रसका सभापति राजकिशाेर यादव सशस्त्र प्रहरी बल राैतहटका सशस्त्र प्रहरी उपरीक्षक बिक्रम कुमार राई सहितले स्वास्थ्य प्रमुख यादवको असामयिक निधन भएको खबरले दुखी बनाएको भन्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन एवम् आफन्तजनमा गहिरो समवेदना समेतब प्रकट गरेका छन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*