आरएन पटेल । फाल्गुन ०९ गते ।
बाराको पचरौता-७ बेनौलीमा मेयर जलन्धर सिंहद्वारा एकै दिन २ शिलान्यास कार्य सम्पन्न भएको छ । पचरौता नगरपालिकाको वडा नं.-७ बेनौलीका सम्पूर्ण वडा बासिहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै नगर प्रमुख जलन्धर सिंह जैसवारले आज एक कार्यक्रमका बिच बर्थिंग सेन्टरको साथै वडा कार्यालय भवनको शिलान्यास गर्नु भएको हो ।

नगरपालिकाको वडा नं. ७ बेनौली बजारमा अवस्थित भिखना पोखराको डिलमा पूर्व तिर वडा कार्यालय भवन तथा स्वास्थ्य चौकी भवन भएको ठाउँ पोखराको पश्चिम डिलमा बर्थिंग सेन्टर भवनको शिलान्यास गरिएको हो । नगर स्तरीय योजनाबाट निर्माण हुने उक्त वडा कार्यालय भवन करिब १ करोड़को लगानिमा तथा बर्थिंग सेन्टर भवन ६० लाखको लगानिमा निर्माण कार्य सम्पन्न हुने बताईएको छ ।

ऑपरेशन थिएटर, icu, Usg सहितको सुविधा सम्पन्न बर्थिङ्ग सेन्टर भवनको निर्माण कार्य सम्पन्न भइ सेवा सञ्चालन भइ सकेपछि पचरौता नगरपालिकाका जनसमुदायले कलैया बिरगंजमा पाउने प्रसुती सम्बन्धि सम्पूर्ण सेवा सुविधाहरु पचरौतामै पाउने नगर प्रमुख सिंहले विश्वास व्यक्त गरेका छन । साथै निर्माण कार्य चुस्त-द्रुस्त र समयमा सम्पन्न हुने विश्वासका साथ टेण्डर प्रक्रियाबाट हुने नगर प्रमुख सिंहले बताए ।
वडामा एकै पल्ट दुई शिलान्यास कार्यले नगरपालिकामा विकासको लहर लागेको स्थानियहरुले बताएका छन । पचरौता नगरपालिकाले गरेको सबै बिकास निर्माणका कार्यहरु ठोस र जनता अभिमुखीकरण भएको तथा हुदै गरेको बिकास निर्माणको कार्यले इतिहास रच्ने नगर प्रमुख जलन्धर सिंहले बताउनु भएको छ ।
कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र प्रसाद, शिक्षा सह संयोजक मुकेश कुमार पटेल, वडा नं. ३ का वडा अध्यक्ष धेनुख प्रसाद पटेल, वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मी यादव, वडा नं. ७ का वडा अध्यक्ष बनारसी मुखिया, वडा सदस्य गोकुल पंडित सहित सम्पूर्ण वडा सदस्यहरु, समाजसेवी शिव शंकर पटेल, भैयाराम सहनी, जवाहरलाल प्रसाद, सियाराम मुखिया, बिनोद सिंह लगायत स्थानीय भद्र-भलादमी, समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी, नेता कार्यकर्ता तथा सर्व साधारणहरुको उपस्थिति रहेको थियो ।
Sthaniya News
