रूपेश यादव ।
फाल्गुन ११गते।
बाराको बारागढी गाउँपालिकामा पालिका स्तरिय दादुरा रूवेला खाेप अभियान सम्बन्धि समन्वय समिति स्वास्थ्यकर्मी संचारकर्मि तथा सराेकारवालाहरूका लागी १ दिने अभिमुखिकरण कार्यक्रम तथा याेजना तर्जुमा गाेष्ठी सम्पन्न भएको छ। बाराढीगढी गाँउपालिका स्वास्थ्य शाखा को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हाे।बारागढी गाउँपलिकाका प्रमुख प्रशासकिय अधिकृत सुनील प्रसाद केशरी को अध्यक्षतामा सम्पन सो गोष्टीमा जिन्सी,शाखा प्रमुख महेश कुमार ठाकुर आ.ले पा .प्रमुख, श्यामबाबु महतो योजना प्रमुख रंजित साह सुचना प्रबिधी अधिकृत धुरेन्द्र,ठाकुर बारागढी गाँउपालिका भित्र रहेका स्वास्थ्य चौकी प्रमुख स्वास्थ्यकर्मीहरु कैलाश यादव , पारस प्रसाद चौधरी , अरुण कुमार चौधरी, रामेश्वर चौधरी , बिनोध प्रसाद चौधरी , रामबाबु प्रसाद साह ईलाका प्रहरी बारागढी तर्फबाट प्रतिनिधी अनुप तमाङ्ग , संञ्चारकर्मीहरु ,राष्ट्रिय भूमी आयोगका जिल्ला अध्यक्ष छबिलाल उप्रेती पालिकामा कार्यरत शाखा प्रमुख कर्मचारी संजय चौधरी , बिनय चौधरी , श्रीकान्त वछार थारु जिल्ला स्वास्थ्य कार्यालय बाराका खोप सुपरभाईजर अधिकृत जितन प्रसाद चौधरी र गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश चौधरीले संयुक्तरूपमा सो गोष्टीमा आएका सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो थियो ।
सरकारले आउँदो फागुन १३ गतेदेखि चैत ७ गतेसम्म देशभरी दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गर्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अतिसङ्क्रमित २१ जिल्ला र काठमाण्डौ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउनु पर्नु हुनेछ ।सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै खोप अभियान सञ्चालन गर्न लागिएको हो । सरकारले अबको दुुई वर्ष अर्थात् सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको हो ।याे खाेप बारा जिल्लामा ३ चरणमा सञ्चालन हुने बताउनु भयाे र याे खाेप पुर्ण सुरक्षित रहेको बताएका हुन।खाेप चलाउने समय सञ्चार माध्यम पत्रपत्रिका तथा अनलाइन छापा मार्फत गलत समाचार तथा भ्रामक समाचार प्रशारण प्रकाशन नगर्नहुन अनुराेध समेत स्वास्थ्य कार्यालय बाराका अधिकृत चाैधरीले आग्रह समेत गरेका हुन।
Sthaniya News
