Breaking News
ज्ञान कुंज इङलिस बोर्डिङ स्कूल परोहाको उद्घाटन कार्य सम्पन्न ।

ज्ञान कुंज इङलिस बोर्डिङ स्कूल परोहाको उद्घाटन कार्य सम्पन्न ।

आरएन पटेल । फागुन १४ गते ।
रौतहटको परोहा नगरपालिकामा शिक्षाको नयाँ आयाम थपेका आजको विद्यार्थी, भोलिको नेतृत्वकर्ता) मुख्य उद्देश्य सहित ज्ञान कुंज इङलिस बोर्डिङको विधिवत समुद्घाटन भएको छ ।
परोहा नगरपालिका -४ का वडा अध्यक्ष जवाहरलाल यादवको अध्यक्षतामा प्रमुख अतिथि परोहा नगरपालिकाको नगर प्रमुख शेख वकिलले ज्ञान कुंज इङलिस बोर्डिङ स्कुलको उद्घाटन गरेका छन् ।

बिगत २० वर्ष देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको ज्ञान कुंज इङलिस बोर्डिङ स्कुल बौधिमाइ नगरपालिका -२ इनर्वा प्रा. लिको शाखा यसै छिमेकी परोहा नगरपालिका -४ लौकाहामा सन्चालन गर्दै यस बोर्डिङ स्कुलको बिद्यार्थीले विभिन्न हाजिरी जवाफमा मधेस प्रदेशमा प्रथम स्थान प्राप्त गरेका थिए । गुणस्तरीय शिक्षासंगै संस्कार पनि धेरैअभिभावकहरु परोहामा राम्रो बोर्डिङ नभएर छोराछोरी बाहिर पठाएको गुनासाहरु बढ्दै गएको बेला केहि हदसम्म यो समस्यालाई समाधान गर्नको लागि एक कदम अगाडी बढेर आएको छ ज्ञान कुंज इङलिस बोर्डिङ जहाँ रौतहटको कै नमूनाको नवीनतम प्रविधिबाट विद्यार्थीहरुलाई पठनपाठन गराउँन बोर्डिङ स्कुलका सन्चालन जयराम गुप्ताले प्रतिबद्धता गरेका छन ।

ज्ञानकुंज इंगलिश बोर्डिंग स्कूल परोहा नपा – ४ लौकाहाको विद्यालय उदघाटन समारोह कार्यक्रममा शुभकामना मन्तव्य राख्दै समाजवादी युवा संघ नेपालका केन्द्रीय महासचिव दिलीप कुमार पटेलले विगतको २० औं वर्ष देखि रौतहटको बौधिमाई नगरपालिका वडा नं. २ इनर्वामा संचालित यस ज्ञानकुंज इंगलिश बोर्डिंग स्कुलले अब छिमेकी पालिका परोहाको वडा नं. ४ मा पठन पाठनको सम्पूर्ण कार्यक्रम सञ्चालन गर्न पाएकोमा धेरै नै खुशी लागेको छ । निजी विद्यालयहरुको विभिन्न कार्यक्रममा यस विद्यालयले देश तथा प्रदेश स्तरीय लगायत जिल्लामा सहभागी भई प्रथम हुने सौभाग्य प्राप्त गरेको कुरा सबैलाई सर्वविदितै छ । त्यस्तै यस विद्यालयले आउने दिनमा बौधिमाई नगरपालिका मात्र नभई अब परोहामा पनि शैक्षिक यात्रा सुरु गरेको हुदा यहाँका सम्पूर्ण जनप्रतिनिधि, अभिभावक, शिक्षाप्रेमी, बुध्दिजीवी लगायत नगरबासिहरुले हातेमालो गरि सहयोग गर्नुपर्ने आवश्यकता रहेकोले विद्यालय परिवारलाई यस नपाका नगर प्रमुखले सहयोग गरि नगर बिकासमा टेवा पुर्याउन हार्दिक आग्रह समेत गरेका छन ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि परोहा नगरपालिकाको नगर प्रमुख शेख वकीलले यस नगरपालिकामा यहाले शिक्षाको दिप प्रज्वलित गर्न थप सहयोग गरेकोले आयोजकलाई हृदय देखी धन्यवाद दिएका छन । साथै शिक्षामा चाहेको जतिको सुधार गर्न तिनै तहको सरकार संघ, प्रदेश तथा स्थानीय सरकार समेत र अभिभावक तथा शिक्षक शिक्षिका मिलेर मात्र शिक्षाको समग्र विकास सम्भव भएको वहाले आफ्नो विचार राखेका छन । साथै छिमेकी पालिका बौधिमाईबाट आएर यस परोहा नगरपालिकामा सञ्चालन भइरहेको ज्ञानकुंज इंगलिश बोर्डिंग स्कूल परोहा नपा – ४ लौकाहाले आगामी दिनहरुमा उन्नति प्रगति गरोस भनि शुभकामना दिदै शिक्षाको मन्दिर रूपी यस विद्यालयलाई आफुले सहयोग गर्न हरदम तत्पर रहने प्रतिवद्धता समेत गरेका छन ।

सो उद्घाटन कार्यक्रममा परोहा नगरपालिका -४ का वडा अध्यक्ष जवाहरलाल यादव, बौधिमाइ नगरपालिका -२ का वडा अध्यक्ष धर्मेन्द्र पटेल , युवा नेता तथा समाजवादी युवा संघको केन्द्रिय महासचिव दिलिप पटेल ,आडिसीका अध्यक्ष पारस हुसेन, पुर्व वडा अध्यक्ष रामबाबु कुशवाहा, युवा नेता राजमङल यादव, जेन्सी प्रमुख मो. मोति रहमान, शिक्षा प्रमुख सन्तोष पटेल , युवा नेता कृष्णा पटेल , युवा नेता इजु रहमान , देवा पटेल , मो. सकिल अख्तर , युवा नेता भोला पटेल , जोगि मुखिया , पत्रकार ,शिक्षककर्मी , समाजसेवी , अभिभावक , सुरक्षाकर्मी ,बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*