Breaking News
रौतहटमा IME लुटने ३ जना भारतीय पक्राउ,गोली लागि एक जना संचालक घाइते ।

रौतहटमा IME लुटने ३ जना भारतीय पक्राउ,गोली लागि एक जना संचालक घाइते ।

रौतहट । चैत्र २ गते ।
राैतहट जिल्लाकाे दक्षिणी भेग परोहा न.पा. ९ खाप स्थित आई एम ई लूटन आएका तीन जना भारतीय पक्राउ परेका छन । लुटेराहरुले चलाएको गोली लागि आई एम ई
संचालक करिब २६ वर्षीय नितेश साह गम्भीर घाइते भएको हो ।


आई एम ई लूटने अपराधीहरुले संचालक साहलाई गोली हानी भाग्दै गरेको अबस्थामा बि.ओ.पि. रामपुरखाप घिउरा नाकामा खटीएको सशस्त्र प्रहरी हवल्दार लक्ष्मणसिंह ठगुन्ना सहितकाे टाेलि र प्रहरी चौकी जयनगरबाट खटिएको टोलीले घटनामा संलग्न तिनै जनालाई माेटरसाईकलमा भाग्दै गरेकाे अवस्थामा नियन्त्रणमा लिएका छन ।


शुक्रवार दिउसो परोहा नगरपालिकाको वडा नं. ९ खाप टोलमा आफ्नै घरभित्र संचालन गरेको आईएमई भित्र पसेर गोली हानि फरार हुने ३ जना अपराधीलाई स्थानीयहरुले समातेर प्रहरीलाई बुझाएका छन ।
शिवम मनि ट्रान्सफर लूटपाट गर्ने तथा सञ्चालक साहमाथि गोली प्रहार गर्नेहरुमा भारत बिहार मोतिहारीको १७ वर्षीय मुनिस यादव, १८ वर्षीय राजकुमार पासवान र १७ वर्षीय चन्द्रभान सिंहलाइ प्रहरीले नियन्त्रणमा लिएको छ भने उनीहरूको साथबाट कटुवा पेस्तोल र गोली बरामद गरिएको छ ।


घाइते साहको प्रादेशिक अस्पताल गौरमा उपचार भई थप उपचारको लागि बिरगंज स्थित न्यूरो हॉस्पिटलमा पठाइएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*