Breaking News
बाैधिमाईमा पालियाे राेग उन्मुलनका लागी पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

बाैधिमाईमा पालियाे राेग उन्मुलनका लागी पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

आरएन पटेल
रौतहट, जेष्ठ १५ गते ।
बाैधिमाई नगरपालिकामा पालियाे राेग उन्मुलनका लागी पालिका स्तरीय सराेकारबालाहरूलाई आईपिभी खाेप सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
खाेप समन्वय समितिका पद्धाधिकारीहरु , सञ्चारकर्मी तथा सराेकारवाला बिच अभिमुखिकरण कार्यक्रम गरिएको हाे।


मंगलबारका दिन नगरपालिकाकाे कार्यालय सरमुजवाकाे सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हाे।
कार्यक्रम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमाेद यादवको अध्यक्षातामा बाेलाईएकाेमा थियो भने प्रमुख अतिथिमा मेयर प्रदिप यादवले रहनु भएको थियो ।कार्यक्रममा बाेल्दै मेयर यादवले याे कार्यक्रमलाई सफल बनाउन हामि सबैले आ-आफ्नो ठाउँमा आ-आफ्नो सामुदायमा गएर प्रचार प्रसार आफु संग जति हुन्छ त्यती गर्नु भयाे भने बल्ल सफल हुन्छ ।


कार्यक्रमकाे प्रशिक्षणकाे बारेमा स्वास्थ्य सन्याेजक तारकेश्वर पटेलले बताउदै याे कार्यक्रम दुई चरणमा चल्ने भएकोले यस पालिका भित्र २१ गते देखि २५ गते सम्म संचालन हुने र २०७३ वैशाख देखि २०७५ आश्विनसम्म जन्मिएका बालबालिकाहरू आई.पि.भी. खोप लगाउन छुटेको हुँदा उक्त उमेरका बालबालिकाहरूलाई यस अभियानमा ओ.पि.भी. खोप लगाउन सम्पूर्ण बौधिमाई नगर क्षेत्रका नगरबासी, अभिभावकज्यूँहरूलाई सूचित गर्दै पोलियो रोगबाट सुरक्षित हुन आ आफ्नो बालबालिकाहरूलाई ओ.पि.भी. खोप र आई.पि.भी. खोप संचालन अभियानमा अनिवार्य सहभागी गराउन अनुरोध गरेका हुन।


साथै संचारकर्मिहरूलाई गलत र भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गरेका हुन।
कार्यक्रममा स्वास्थ्य सह संयाेजक राकेश यादवले बालबालिकामा पाेलियाे बिरूद्ध प्रतिरोध क्षमता कायम गर्नु नै आईपिभी खाेप अभियानकाे लक्ष्य बारे बताए ।कार्यक्रममा वडा अध्यक्ष, शसस्त्र प्रहरीका प्रतिनिधि जनपद प्रहरीका प्रतिनिधि ,स्वास्थ्यकर्मी , कार्यपालिका सदस्य, र पत्रकारहरूकाे उपस्थिती रहेका थियोे ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*