Breaking News
बौधिमाई-२ इनर्वा हावाहुरीले प्रभावित, ज्ञानकुञ्ज बोर्डिंग स्कुलमा १० लाखको क्षति ।

बौधिमाई-२ इनर्वा हावाहुरीले प्रभावित, ज्ञानकुञ्ज बोर्डिंग स्कुलमा १० लाखको क्षति ।

आरएन पटेल ।
रौतहट, जेष्ठ २४ गते ।
बौधिमाई नगरपालिकाको इनर्वामा हावाहुरीले लाखौको क्षति भएको छ । नगरपालिकाको वडा नं. २ इनर्वा नदिवारी बजार टोलमा पर्ने ज्ञानकुञ्ज इंग्लिश बोर्डिंग स्कूल लगायत विभिन्न सार्वजनिक सम्पतिमा गएरातिको हावाहुरीले लाखौ लाखको क्षति पुर्याएको हो ।


गएरातिको हावाहुरीले समग्र बौधिमाई नगरपालिकालाई प्रभावित पार्ने कार्य गरेको भएपनि वडा नं. २ इनर्वा बजार टोलमा संचालन हुदै आएको ज्ञानकुञ्ज इंग्लिश बोर्डिंग स्कूललाई ठुलो मात्रामा क्षति पुर्याएको स्कुलका संचालक जयराम गुप्ताले बताएका छन । स्कुलका सम्पूर्ण कक्षाकोठाको छाना उडाएको साथै कम्पाउण्ड परिसरमा रहेको विभिन्न जातका रुख बिरुवा लगायत फलफूलको बिरुवा सहित शौचालयमा समेत ठुलो मात्रामा क्षति पुर्याएको संचालक गुप्ताले बताए । घटना पछि इलाका प्रहरी कार्यालय कोपवा पिपरियाको टोलीद्वारा घटना मुचुलका गर्दा स्कुलमा करीब १० लाख बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले बताएको छ ।

जेष्ठ महिनाको अन्तिममा मनसून नेपाल भित्रीने विभिन्न मिडियाहरुमा समाचार तथा सूचना सम्प्रेषण हुदै आएको तथा त्यस्ता जोखिम बच्न र सतर्कता अपनाउन विभिन्न उपायहरुबारे प्रचार प्रसार हुँदा हुदै पनि गएराति एक्कासि आएको हावाहुरीले नगर क्षेत्र भित्रका घर, टहरा, रुख-बिरुवा, बिजुलीको पोल तार लगायत विभिन्न व्यक्तिहरुको निजी सम्पति बाली – नाली, रुख बिरुवा तथा घरमा समेत गरेर लाखौ लाखको क्षति पुर्याएको बौधिमाई नपा- २ इनर्वाका एक स्थानीय मेवालाल प्रसाद पटेलले बताए ।
साथै यस हावाहुरीले विभिन्न बिकास निर्माणको कार्यहरुलाई समेत प्रभावित पारेको देखिएको छ । मधेश प्रदेश सरकारबाट संचालित योजना बौधिमाई नगरपालिकाको वडा नं.२ इनर्वा स्वास्थ्य चौकीको प्रांगनमा निर्माणाधीन बर्थिंग सेन्टर भावनको स्तरोन्नति कार्यलाई उथल पुथल पारेको योजनाका उपभोक्ता समितिले बताएका छन । बर्थिंग सेन्टर भवन निर्माणको क्रममा दुई तल्लाको छत ढलानको लागि तयार पारिएको काठको सेंट्रिंग सहित तयारी अवस्थामा रहेको छतलाई समेत हावाहुरीले उडाएर लाखौको क्षति पुर्याएको देखिएको छ ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*