Breaking News
बौधिमाईमा प्रमुख प्रशासकीय अधिकृत संदेश यादवलाई स्वागत ।

बौधिमाईमा प्रमुख प्रशासकीय अधिकृत संदेश यादवलाई स्वागत ।

रौतहट, असार ४ गते ।

रौतहटको बौधिमाई नपामा प्रमुख प्रशासकीय अधिकृत संदेश यादवलाई नगर प्रमुख प्रदीप यादवले स्वागत गरेका छन । नगरपालिकामा मंगलबार नयाँ कार्यालय प्रमुखको रुपमा हाजिर भएका यादवलाई नगर प्रमुख प्रदीप कुमार यादवले माला टिका र दोशाला लगाई स्वागत गरेका हुन ।

Exif_JPEG_420

जिल्लाको देवाही गोनाही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत यादवलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम प्रमुख प्रशासकीय अधिकृत नखटाइए सम्मको लागि हाल कार्यरत कार्यालयको काममा बाधा नपर्ने गरी बौधिमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको समेत कार्य गर्ने गरी थप जिम्मेवारी दिईएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्रमा उल्लेख गरेको हो ।

यस अघि नपामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी स्वास्थ्य क्षेत्रका प्रमोद राय यादवलाई मन्त्रालयले दिएको थिए । हाल मन्त्रालयले शाखा अधिकृत संदेश कुमार यादवलाई पठाएको हो । कार्यालयमा हाजिर हुदै प्रमुख प्रशासकीय अधिकृत यादवले जनताको सेवाको लागि कानूनले दिएको अधिकार प्रयोग गर्दै पारदर्शी रुपमा सेवा प्रवाह गर्ने प्रतिब्द्धता जनाए ।

Exif_JPEG_420

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*