Breaking News
गरुड़ाकी उप प्रमुख चौधरीद्वारा आर्यघाट निर्माणका लागि २ कठ्ठा १० धुर जग्गा दान ।

गरुड़ाकी उप प्रमुख चौधरीद्वारा आर्यघाट निर्माणका लागि २ कठ्ठा १० धुर जग्गा दान ।

आरएन पटेल । आषाढ़ ३ गते २०८१ ।
मध्य रौतहटको गरुडा नगरपालिकाकी नगर उप प्रमुख पूनम कुमारी चौधरीले आर्यघाट निर्माणका लागि २ कठ्ठा १० धुर जग्गा दान गरेकी छिन । “कार्य यस्तो गर्नु की नाम सदैव अमर रहुन” भनि धारणा राख्दै नगर उप प्रमुख चौधरीले गरुडामा आर्यघाट निर्माणका लागि आफ्नो निजी जग्गाबाट आज अढाई कठ्ठा जग्गा दान गरेकी हुन ।


नगरपालिकाको वडा नं. ४ गरुडा बासिहरुलाई दाह संस्कार गर्न असजिलो भइरहेको अवस्थामा जनताको लागि एउटा जनप्रतिनिधिले गर्नु पर्ने कार्य गरुडा नगरपालिकाकी नगर उप प्रमुख पूनम चौधरीले गरेर देखाएकी छिन ।


गरुडा नगरपालिका वडा नं.४ कार्यालयको नाममा आर्यघाट निर्माण कार्यको लागी आफनो निजी जग्गा २ कट्ठा १० धुर २०८१ जेष्ठ २७ गतेका दिन गरुडा नगरपालिका वडा नं. ४ को कार्यालयको नाममा रजिस्ट्रेशन गरेर दान गरि उप प्रमुख चौधरीले ऐतिहासिक कार्य गरेको स्थानियहरुले प्रशंसा गरेका छन । उप प्रमुख चौधरीले आर्यघाट निर्माण कार्य संगै गरुडा बासिको उन्नति प्रगति तथा हकहितको लागि हरदम तत्पर रहने सामाजिक अभियन्ता स्वर्गीय मनोज कुमार चौधरी ( निजको श्रीमान ) को नामाकरण सहितको प्रवेशद्वार निर्माण गर्ने घोषणा समेत गरेकी हुन ।


आज एक कार्यक्रमका बिच जग्गा हस्तांतरण नगर प्रमुख कन्थमनि जयसवाल तथा वडा नं. ४ का वडा अध्यक्ष सुनील जयसवालको रोहबरमा जग्गा धनि दर्ता प्रणाम-पुर्जा वडा कार्यालयको नाममा वडा अध्यक्षलाई नगर उप प्रमुख चौधरीले गरेकी छिन । उक्त कार्यको लागि उप प्रमुख चौधरीको चौतर्फी प्रशंसा हुन थालेको स्थानियहरुले बताएका छन ।

About RN Patel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*