कृष्ण तिवारी, रौतहट।
भाद्र ८, गते ।
रौतहटको मौलापुर नगरपालिका-६ स्थित रहेको माध्यमिक विद्यालय पथराबुधरामको विद्यालय व्यवस्थापन समितीको सम्पन्न भएको निर्वाचनमा विवेक यादवको प्यानल बिजयी भएका छन । चार जना सदस्य पदका लागि हिजो शुक्रबार भएको निर्वाचनमा विवेक यादव ३६२ मत प्राप्त गरि सदस्यमा निर्वाचित भएका छन ।
यादवका निकटतम प्रतिद्वन्द्वी भुपेन्द्र जयसवालले ५ मतले मात्र पराजित भएका छन । जयसबाल कुल ३५७ मत प्राप्त गरेका हुन ।
त्यस्तै यादवको प्यानलबाट उम्मेदवारी दिएका मनोज ठाकुर, सीता कुमारी देवि र रमिता देवि निर्वाचित भएकि छन। ठाकुर ३५४ मत ल्याएर निर्वाचित भएका छन भने सीता देवि पनि ३५४ र रमिता देवि ३५२ मत प्राप्त गरि बिजयी भएका छन ।
भुपेन्द्र जयसवालको प्यानलबाट उम्मेदवारी दिएका ठाकुरका निकटतम प्रतिद्वन्द्वी रिकेश्वर यादव ३४३, सिमा देवि ३४२ र सीता कुमारी देवि पनि ३४२ मत ल्याएर पराजित भएकी छन् । जयस्वालले ३५७ मत प्राप्त गर्दा विवेक यादवले उनी भन्दा ५ मत बढी अर्थात ३६२ मत प्राप्त गरि ५ मतले जित हाशिल गर्न सफल भएका छन ।
पथराबुधराम माध्यमिक विद्यालयको व्यवस्थापन समितीको नयाँ नेतृत्व चएनका लागि हिजो शुक्रबार बिहान ७ बजेदेखी मतदान भएको थियो भने अन्तिम मत परिणाम राती नै सार्वजनिक भएको थियो ।
निर्वाचनमा यादव र जयस्वाल पक्षबिच निकै कडा प्रतिस्पर्धा भएको छ । निकै कम मतान्तरले जित हार भएकोले चुनावमा दुबै पक्षका उम्मेदवारहरु एकले अर्कालाई कडा टक्कर दिएको देखिन्छ ।
निर्वाचनबाट चार जना सदस्य चुनिएको छ । यी चारजना बाट नै कोहि एकजना अध्यक्ष बन्ने छन । निर्वाचित चार जना सदस्यमध्ये विवेक यादव अध्यक्ष बन्ने निस्चित जस्तो नै छन् ।